Type Here to Get Search Results !

वडाद्वारा एक दर्जन बढी कुर्सी तथा दराज आमा समूहलाई हस्तान्तरण गरियो ।।

चेतमान बांठा २९ मसिंर ०७८ होलेरी रोल्पा
रोल्पाको रुन्टीगढी गाउँपालिका ६ नं. वडाले एक दर्जन बढी आमा समूहलाई कुर्सी तथा दराजहरु हस्तान्तरण गरेको छ ।वडा कार्यालय डुबरिङ्ग को आयोजनामा बुधबार एक कार्यक्रमकाबीच वडा अन्तर्गत रहेका करिब १३ वटा आमा समुहहरुलाई कुर्सी ,दराज लगायतको सामाग्री हस्तान्तरण गरिएको हो । कार्यक्रम का प्रमुख अतिथी रुन्टिगढी गा.पा का अध्यक्ष बालाराम बुढा, रुन्टिगढी गा.पा वडा नं. ६ का वडा अध्यक्ष जगत ब. घर्ती , वडा सदस्य रेशम ब. बि.क , डुबरिङ्ग स्वास्थ चौकी का स्वास्थ प्रमुक पुर्ण ब. बुढा को सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले आमा समूह, महिला सयंसेबिका भनेको समाजमा काम गर्ने एक अग्रपंक्तिमा खटिने समूह भएको बताए छन । ६ नं. वडाले आमा समूहहरुलाई कुर्सी र दराज वितरण गरेर उदाहरणीय काम गरेको समेत उनले प्रष्ट पारे छन । समूह तथा स्वयंसेबिकाका लागी स्थानीय सरकार सदैब सकारात्मक रहेको र यि यस्ता कामहरूमा रुन्टीगढी गाउँपालिकाका एक साथ सहयोग र सहकार्य गर्न तत्पर रहेको कुरा उनले उल्लेख गरे छन् । सामाग्री हस्तान्तरण कार्यक्रममा १३ वटा आमा समूहका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । वडा सदस्य खिमबहादुर घर्तीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण वडा सचिव भागवत घिमिरेले गरेका थिए ।।।