Type Here to Get Search Results !

रोल्पामा अटो र बोलेरो गाडी ठोक्किएर दुर्घटना, अटो ड्राइभर गम्भीर घाइते ।।।

रिपोर्टर : बिरेन्द्र घर्ती पुस ०२ होलेरी रोल्पा
रोल्पामा बोलेरो गाडी र अटो ठोक्किएर दुर्घटना भएको छ। रोल्पा_को रुन्टिगढी गाउपालिका होलेरी देखि सैबाङ जाँदै गरेको लु २ च १२६५ नम्बरको बोलेरो गाडी र रा १ ह ५४७६ नम्बरको अटो एकआपासमा ठोक्किएर दुर्घटना भएको हो । बाटो मा गुडिरहेको बेला बिचमा बाख्रा आकस्मिक आए पछि ब्रेक अनियन्त्रित भएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय होलेरी ले जानकारी दिएको छ। अटो ड्राइभर रुन्टिगढी गाउपालिका वडा नं.५ का ज्ञान बहादुर बस्नेत गम्भीर घाइते भएका छन भने उक्त अटोमा स्वार २ जना व्यक्ति भने सामान्य घाइते भएका छन, साथै अटो क्षेति भएको समेत इलाका प्रहरी कार्यालय होलेरी ले जानकारी दिएको छ ।।।