Type Here to Get Search Results !

सामुदायिक माध्यमिक विद्यालयका प्र.अ हरुका लागी स्टेम क्षिक्षा सम्बन्धि कार्यक्रम रोल्पा मा सम्पन्न ।।। ।।।

चेतमान बांठा ०२ पुस ०७८
सामुदायिक माध्यमिक विद्यालयका प्र.अ हरुका लागी स्टेम क्षिक्षा सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम महेन्द्र माद्यामिक बिद्यालय होलेरी रोल्पामा सम्पन्न भएको छ ।
सामाजिक विकास डिभिजन कार्यलय प्युठानको आयोजना मा भएको कार्यक्रमका प्रमुख अतिथीमा रुन्टिगढी गाउपालिकाका उपाध्यक्ष छंमाया पुन, कार्यक्रम का सभापति निमित्त प्रमुख हुतराज भट्टराई , रुन्टिगढी गा. पा शिक्षा शाखा का प्रतिनिधि धन ब. डागी , त्रिबेणि गाउपालिकाका शिक्षा शाखाका प्रतिनिधि लिला कुमारी घर्ती, लगाएत रुन्टिगढी गाउपालिकाका ९ र त्रिवेणि गाउपालिकाका १२ जना २१ जान प्र.अ हरुको सहभागिता रहेको थियो ।
एस. ई.ई परिक्षामा धेरै विद्यार्थीहरु गणित र बिज्ञान बिषयमा न्यून प्राप्ताङ्ग रहेकाले यस्को सुधारका लागी अभियानकै रुपमा अभिमुखिकरण कार्यक्रम सुरु भएको सामाजिक विकास निमित्त प्रमुख हुतराज भट्टराईले जानकारी दिनुभएको छ ।
यस्तै कार्यक्रमका प्रमुख अतिथि रुन्टिगढी गाउपालिकाका उपाध्यक्ष छंमाया पुनले शिक्षकहरुको लागी यो कार्यक्रम निकै महत्त्वपूर्ण भएको कुरामा जोड दिनुभयो ।
कार्यक्रम मा बोल्दै प्रशिक्षक बिशाल पोखरेलले अहिलेको एस. ई.ई का नतिजा हेर्दा विद्यार्थी फेल पनि नहुने र ग्रेडका कारण अगाडि बड्न पनि नसक्ने अबस्था रहेको भन्दै प्र. अ हरुलाइ थप जिम्मेवार बन्न सुझाव दिनु भयो ।
प्रदेश सरकारले वचेत बिनियोजन गरेर प्रत्येक बिद्यालयमा गणित र बिज्ञान बिषयको नतिजामा सुधार ल्याउने प्रयास गरिरहेको बताउदै पोखरेलले विद्यार्थीले सानै देखि गणित र बिज्ञान बिषयलाई राम्रो सङ सिकाउन सके अरु बिषय सजिलै जान्न र बुझन सक्ने भएकोले राम्रो सङ पढाउन सुझब दिनुभयो । कार्यक्रम प्रशिक्षक विशाल पोखरेलको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण कार्यलय प्रतिनिधि युबेन्द्र न्याउपानेले गर्नुभएको थियो ।।।।