Type Here to Get Search Results !

ब्यबसाय सचेतता,ब्यवसाय सुरु एवं लैङगीक समानता तथा सामाजिक समावेशीकरण तालिम गैरामा सम्पन्न

होलेरी रोल्पा,मंसिर २९ सिप सिकौ,उद्यमी बनौ,आर्थिक विकासमा टेवा पुर्याउ भन्ने मुल नाराको साथमा ब्यबसाय सचेतता,ब्यवसाय सुरु एवं लैङगीक समानता तथा सामाजिक समावेशीकरण सम्वन्धी तालिम रुन्टीगढी ७ गैरामा मंगलवार सम्पन्न भएको छ । रुन्टीगढी गाउँपालिकाको आयोजनामा ८ दिने तालिम मा करिव ३० जना स्थानिय नागरिकहरुको सहभागिता भएको थियो । रुन्टीगढी गाउँपालिका अन्र्तगत गरिबी निवारणका लागी लघुउद्यम विकास कार्यक्रम ले संचालन गरेको तालिमको उद्येश्य स्थानिय स्तरमै उत्पादन भएका कच्चा पर्दाथ लाई प्रयोग तथा प्रशोधन गरेर विक्रिजन्य बस्तुको निमार्ण गरी बजारीकरण गरी स्थानिय नागरिकको आयआर्जनमा वृद्धि गर्ने लक्ष्य भएको गरिबी निवारणका लागी लघुउद्यम विकास कार्यक्रमका फोकल पर्सन रुपेश अधिकारी ले बताउनुभएको छ । कार्यक्रममा बोल्ने स्थानियहरुले सिप सिकेर ब्यवाहारमा लागु गरी आत्मनिर्भर बन्ने कुरा बताउदै यस्तो काममा स्थानिय सरकारले सहयोग गर्नुपर्ने बताएका छन्। कार्यक्रमको अध्यक्षता साझा लघुउद्यम विकास समुहका अध्यक्ष गोपाल घर्ती रहनुभएको थियो प्रमुख अतिथीमा रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढा रहनुभएको थियो । कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष बुढाले यो तालिमको उद्येश्यनै सिप सिकेर आत्मनिर्भर बन्ने भएकोले निम्न वर्गीय स्थानिय नागरिकहरुले दिएको सिपलाई ब्यबहार मा लागु गरि आत्मनिर्भर बन्न अनुरोध गर्नुभएको थियो । सिप तथा क्षमताविकास कार्यक्रममा स्थानिय सरकार सधै सकारात्मक भएको उहाँले बताउनु भएको छ । कार्यक्रमको सहजीकरण गरिबी निवारणका लागी लघुउद्यम विकास कार्यक्रमका सहजकर्ता कल्पना थापाले गर्नुभएको थियो ।