Type Here to Get Search Results !

हातेमालो समाजसुधार युवा कल्व द्धारा होलेरीमा सुरक्षित बैदेशिक रोजगारी सम्वन्धी सडक नाटक मञ्चन

होलेरी रोल्पा,पौष ५ गते आइतवार रोल्पाको होलेरीमा हातेमालो समाज सुधार युवा कल्व रुन्टीगढी ६ को आयोजना तथा डिकोस रोल्पाको आर्थिक सहयोगमा बैदेशिक रोजगारी लाई सुरक्षित ब्यबस्थीत,र मर्यादित बिषयक सडक नाटक प्रस्तुत गरिएको छ । सडक नाटकमा करिव १०० जना स्थानिय नागरिक सहभागी भएको बताइएको छ । आइतवार प्रस्तुत गरिएको सडक नाटकमा बैदेशिक रोजगारी जानुपुर्व गर्नुपर्ने महत्वपुर्ण क्रियाकलापको बारेमा जानकारी दिने उद्येश्यका साथ नाटक मञ्चन गरिएको कल्वका अध्यक्ष खगेन्द्र सार्कीले जानकारी दिनुभएको छ ।