ग्लोवल आइ.एम.ई. बैंक होलेरीको आयोजनामा वित्तिय साक्षरता सम्वन्धी कार्यक्रम सम्पन्न
01:33
होलेरी रोल्पा मंसिर १६
होलेरी रोल्पामा रहेको ग्लोवल आइ.एम.ई. बैंकको आयोजनामा विहिवार रोल्पाको होेलेरीमा वित्तिय साक्षरता सम्वन्धी कार्यक्रम सम्पन्न गरेको छ ।
होलेरीमा रहेको ग्लोवल बंैक का ग्राहकहरुको सेवा तथा सुविधालाई मध्यनजर गर्दै यस्तो कार्यक्रम गरिएको जानकारी प्राप्त भएको छ ।
करिव १३० जना ग्राहकहरुको उपस्थितीमा सम्पन्न भएको कार्यक्रममा ग्लोवल बैंक केन्द्रिय कार्यालय काठमाण्डौ का निकीता भण्डारी ,प्रदेश प्रतिनिधि राजेश सिं, डिजिटल बैंकिङ विभागका निराजन श्रेष्ठ,होलेरीका शाखा प्रवन्धक राज कुमार थापा लगायतको उपस्थितीमा कार्यक्रम सम्पन्न गरिएको ग्लोवल आइ.एम.ई. बैंक होलेरीका धर्म प्रसाद घर्तीले जानकारी दिनुभएको छ ।