Type Here to Get Search Results !

ख्रीष्टमस बिशेष बृहत र्याली तथा कोण सभा सल्यान कपुर्कोट मा सम्पन्न ।।

चेतमान बाँठा ///// ०५ पुस ०७८ ख्रीष्टमस बिशेष बृहत र्याली तथा कोण सभा सल्यानको कपुर्कोट गाउपालिका वडा नं. १ सारपानी मा सम्पन्न भएको छ ।
कपुरकोट गा.पा ईसाइ समुदाय समितीका अध्यक्ष गज्बिर बांठाको अध्यक्षता मा भएको कार्यक्रम मा विशिष्ट अतिथि पास्टर ज्योती घर्तिमगर, प्रमुख अतिथी कपुरकोट गा.पा. कि उप-मेअर तिला बुढा मगर, कपुरकोट गा.पा वडा न.४ का अध्यक्ष श्री हरिलाल पुन मगर, गा.पा.वडा न.१ का वडा सदस्य भुप सिङ राणा, ने.क.पा एमाले का गाउपालिका स्तरीय पार्टिगत इञ्चार्ज श्री रुपक बुढा मगर, गा.पा. ने.क.पा. माओवादी का पार्टीगत इञ्चार्ज श्री प्रकाश भण्डारी, लगायत विभिन्न मण्डली गरि ६०० जना भन्दा माथि मानिसहरुको सहभागिता रहेको थियो।
धार्मिक विभेद अन्त्य गर , पास्टर.केशब आश्चर्य को रिहाई गर , ख्रीष्टमस लाई सार्बजनिक बिदा घोषणा गर जस्ता नारा सहित ख्रीष्टमस बृहत र्याली कार्यक्रम सल्यान सारपानी, हुँदै रोल्पा निगालपानीमा परिक्रमा गरिएको थियो ।
धर्म प्रचार गरेकै आधार मा केशब आचार्य जेल चलान भएको हो भने नेपाल सरकारको लागि लजास्पद कुरा रहेको उप-मेअर तिला बुढा मगर, बताउनु भयो
।साथै कार्यक्रम मा आउदै गरेको ख्रीष्टमस को शुभकामना आदान-प्रदान यसै कार्यक्रम का सभा-अध्यक्ष श्री पा.गजबिर बाँठामगर थियो भने कार्यक्रम को सहजीकरण सन्ध्या महतारा क्षेत्री गर्नुभएको थियो ।।