नयाँ भेरियेन्ट ओमिक्रोन भाइरस फैलन नदिन होलेरी रोल्पामा तपाईको माक्स खैं अभियान सुरु।।।
04:41
चेतमान बाँठा//
०६ पुस ०७८
कोरोना भाइरसको नयाँ भेरियेन्ट ओमिक्रोन भाइरस को जोखिम लाई फैलिन नदिनको लागी रोल्पाको होलेरी मा‘तपाईको मास्क खै’ अभियान चलाइएको छ।
ओमिक्रोन भाइरस नेपालमा भित्रिएको हुदा यस बाट बन्चको लागी आज होलेरी चेक पोस्ट बाट सुरु भएको अभियानले होलेरी बजार क्षेत्रका विभिन्न बैंक , संघ संस्था, पसल, चोक, र गल्ली-गल्लीमा सचेतना अभियान संचालन गर्दै माक्स वितरण गरिएको छ।
अभियानमा ईलाका प्रहरी कार्यलय का इनेस्पेक्टर जिबराज को टोलि, ट्राफिक प्रहरी , गोल्डेन टेलिजन का सन्चालक बिरेन्द्र घर्ती र मस्ट नेपाल टि.भि सन्चालन चेतमान बाँठा को सम्वन्य मा भएको कार्यक्रम मा सन्जिबनी मेडिकल होलेरी रोल्पा ५०० सय पिस माक्स , नेपाली काङ्ग्रेस रुन्टिगढी गाउपालिका सचिब चेतलाल खत्री २०० सय पिस माक्स , दङगाली निर्माण सेवा प्रा.लि आकाश बस्नेत २०० पिस माक्स , रुन्टिगढी गाउपालिका स्वास्थ शाखा २०० पिस मक्स र ४ वटा १०० एम.एल सेनिटाईजर, आयुषा फार्मेसी होलेरी रोल्पा ५० पिस माक्स , कोहिनुर होटेल ५० पिस माक्स, र सर्मिला दशौदी ५० पिस माक्स सहयोग गर्नु भएको थियो ।
ओमिक्रोन को भाईरस आफ्नो गाउँ ठाउँमा फैलन नदिनको लागी तपाईं हामी अझै देखि सचेत भनौ भन्दै पैदल यात्री, व्यवसायी, मजदुर र सवारी चालक लगायत त्यसमा सवार यात्रुहरुलाई मास्क अनिवार्य लगाएको छ ,कि छैन भनी दैनिकी रुपमा चोक जाज गर्ने कुरा पनि इलाका प्रहरी होलेरीका ईनिस्पेक्टर जिबराज थापा बताउनु भएको छ ।।