Type Here to Get Search Results !

सँगै सुतेकाे साथी माथि आक्रमण गर्ने वली पक्राउ

होलेरी,रोल्पा ७ पुस । रोल्पाको होलेरीमा रहेको एक होटलमा सुतिरहेका ३ जनामाथि आक्रमण हुदा ३ जना नै गम्भीर घाइते भएका छन । होटलको एक कोठामा साझ सगैँ सुतेका ४ जना मध्य रुन्टीगढी गाउँपालीका वडा नम्बर ७ का भिम बहादुर थापा,सोहि ठाउँका सत्य भनिने सरोज पुन र सानोभेरी गाउँपालीका ४ खालचौर रुकुम पुर्व निवासी मैत वहादुर विक घाइते हुनुभएको इलाका प्रहरी कार्यालय होलेरीका प्रहरी प्रमुख जिवराज थापाले जानकारी दिनुभयोे । घटनाको सुचना पाए लगतै विहान ३ वजे पुगेको इलाका प्रहरी कार्यालयको प्रहरी टोलीले उनीहरुलाई बेडमै रक्ताम्य अवस्थामा फेला पारेको थियो । घाइतेहरुलाई प्रहरीले विहानै दाङ्गको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याएपनि तेहा सम्भव नभएपछि ३ जनालाई छुटाछुटै स्थानमा रिफर गरीएको छ । ३ जनाकै टाउकोमा गम्भीर चोट लागेको र अहिले सराेज पुनको उपचार भैरहवा,भिम बहादुर थापाको उपचार कोहलपुर र मैत बहादुर बि.क.काे उपचार नेपालगञ्जमा भैरहेको छ , ३ जनाकै अवस्था गम्भीर छ । यता सगैँ सुतेका मध्य फरार रहेका रुन्टिगढी ९ सखि निबासी टेक बहादुर वली लाई भने प्रहरीले आज दिउसो मात्रै पक्राउ गर्न सफल भएपनि घटनामा के कति सलग्न थिए भन्नेवारे अनुसन्धान भैरहेको प्रहरीले वतायो । ४६ वर्षीया उनलाई रोल्पाको रुन्टीगढीकै हापखोलावाट पक्राउ गरीएको र थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख विनोद घिमिरेले जानकारी दिनुभयकाे छ।