रुन्टीगढी ८ मा माओवादी केन्द्र परित्याग गरि १९ जना नेपाली कांग्रेसमा प्रवेश
16:37
होलेरी रोल्पा, पौष १३
रोल्पाको रुन्टीगढी गाउँपालिका–८ मा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र परित्याग गरि डेढ दर्जन बढी नेता–कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । पालिका अन्तर्गत आइतबार ८ नं. वडामा भएको फरक –फरक कार्यक्रममा ओमलाल घर्ती, मोहन घर्ती र सगर पुनको नेतृत्वमा माओवादी केन्द्र परित्याग गरि १९ जानले नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
माओवादीमा लागेर अहिलेसम्म गरेको योगदान, त्याग, तपस्या , मेहनत र खर्च गलत ठाउँमा भएको महसुस गर्दै पार्टी परित्याग गरेको नव प्रवेशीहरुले बताएका छन् । माओवादी केन्द्र परित्याग गरि कांग्रेसमा प्रवेश गर्ने १९ जना नेता– कार्यकर्तालाई हार्दिक स्वागत गरिएको नेपाली कांग्रेस रुन्टीगढी गाउँपालिका सभापति जनक पुनले जानकारी दिए ।