Type Here to Get Search Results !

त्रिवेणी गाउँपालिका रोल्पाले वडा नं ३ लाई बालश्रम मुक्त वडा घोषणा गर्यो

त्रिबेणि रोल्पा मंसिर १८ त्रिवेणी गाउँपालिका रोल्पालाई बालश्रम मुक्त स्थानीय तह घोषणा गर्ने लक्ष्यका साथ शुक्रबार त्रिवेणी गाउँपालिका रोल्पाले ३ नंं। वडा लाई बालश्रम मुक्त वडा घोषणा गरेको छ । ूसमृद्ध समाज निर्माणका लागि शिक्षाको पहुँचमा बालबालिका, हाम्रो साझा अभियान बालश्रम मुक्त त्रिवेणी गाउँपालिकाू भन्ने नारालाई आत्मसाथ गर्दै र्यागली , पिटि,मार्चपास, बालबालिकाबाट नाटक प्रदर्शन पनि गरिएको थियो १ कार्यक्रममा त्रिवेणी गाउँपालिका का अध्यक्ष शान्त कुमार वली , गाउँपालिका उपाध्यक्ष सावित्रा वुढा घर्ती , प्रमुख प्रशासकीय अधिकृत निम बहादुर केसी , वडा नं ३ का वडा अध्यक्ष टिकाराम वली क्षेत्री ,सरस्वती मा।वि प्रधानाध्यापक लाल बहादुर घर्ती , वडा सदस्य, गाउपालिका तथा वडाका कर्मचारी, राजनीतिक दल, विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी, बाल अधिकारकर्मी, स्थानीयवासी, महिला समूह तथा सरोकार वालाको उपस्थिति रहेको थियो । कार्यक्रम को आयोजना ३ नं वडा कार्यालय ले गरेको थियो भने व्यवस्थापन श्री सरस्वती मा।वि। लिङ्दुङ ले गरेको थियो । उक्त कार्यक्रमका बीच त्रिवेणी गाउँपालिका को लगानी मा निर्माण भएको श्री सरस्वती मा।वि। लिङदुङको ५ कोठे पक्की भवन को उद्घाटन पनि सु९सम्पन्न भरिएको थियो । साथै थोरै बजेटमा पनि ठूलो भवन गुणस्तरीय रूपले निर्माण सम्पन्न गर्न अहोरात्र लागिपर्ने उपभोक्ता समितिका अध्यक्षलाई धन्यवाद ज्ञापन सहित फुलमालाले सम्मानित गरिएको थियो ।