Type Here to Get Search Results !

रुन्टीगढी गाउँपालिका ३ नंम्वर वडा कार्यालयको भवन उद्घाटन गरियो

होलेरी रोल्पा पौष १५ गते विहिवार रुन्टीगढी गाउँपालिका वडा नंम्वर ३ को कार्यालय भवन एक कार्यक्रमका विच उद्घाटन गरिएको छ। रुन्टीगढी गाउँपालिका वडा नं ३ का अध्यक्ष चन्द्र बहादुर घर्तीको सभाध्यक्षमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढा यस्तै अतिथीहरुमा उपाध्यक्ष छमायाँ पुन,प्रमुख प्रशासकिय अधिकृत बासुदेव भट्टराई,प्रशासन अधिकृत सानुवावु खड्का,लगायत जनप्रतिनिधिहरु, राजनितिक दल र स्थानिय नागरिकको उपस्थितीमा ३ नम्वर वडा कार्यालय भवनको उद्घाटन गरिएको हो । आर्थिक वर्ष २०७७÷७८ को रुन्टीगढी गाउँपालिकाको बार्षिक बजेत अन्र्तगत रु ३४ लाख २० हजार यसै गरी स्थानिय नागरिकको ६ लाख ९१ हजार ५ सय ३ रुपैयाँ २० पैसा श्रमदान गरि कुल रु ४१ लाख ११ हजार ५ सय ३ रुपैयाँ २० पैसाको लागतमा उक्त भवनको निर्माण कार्य सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत बासुदेव भट्टराईले अव स्थानियस्तरमै हुने सेवा प्रवाहको कार्य नव निर्मित भवन बाटै हुने भएकोले यसको सुंरक्षण पनी स्थानिय नागरिकहरुले गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो। फरक प्रसंगमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले नेपाल सरकार बाट हुने सेवा प्रवाहको सहजताको लागी करिव ४१ लाख रुपैयाँमा भवन निमार्ण कार्य सम्पन्न भएको र यसको संरक्षण तथा संर्वद्धन गर्ने दायित्व पनि स्थानिय नागरिकको भएको उल्लेख गर्नुभएको थियो ।। साथै कार्यक्रमको अवसरमा वडा कार्यालय भवन निर्माणको लागी जग्गा दान गर्ने जग्गा दातालाई समेत सम्मान गरिएको बताइएको छ । सोही अवसरमा विहिवार रुन्टीगढी गाउँपालिका वडा नं ३ को स्वास्थ्य चौकी भवन समेत एक कार्यक्रमको विच उद्घाटन गरिएको वताईएको छ ।