Type Here to Get Search Results !

१८औ राष्ट्रिय महिला स्वास्थ्य स्वयम्सेविका दिवस होलेरी मा सम्पन्न

होलेरी रोल्पा मंसिर २० गते १८औ राष्ट्रिय महिला स्वास्थ्य स्वयम्सेविका दिवस होलेरी मा भव्यरुपमा सम्पन्न भएको छ। रुन्टीगढी गाउँपालिका अन्र्तगत स्वास्थ्य शाखाको आयोजनामा रोल्पाको होलेरीमा आईतवार मनाएको हो । गाउँपालिकाका अध्यक्ष बालाराम बुढाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष छमायाँ पुन , प्रमुख प्रशासकिय अधिकृत बासुदेव भट्टराई,स्वास्थ्य शाखा प्रमुख गणेश बुढा लगायत गाउँपालिकाका शाखाप्रमुख हरु यसैगरी पालिकाका करिव ५० जना महिला स्वास्थ्य स्वयमसेविकाहरुको उपस्थिती रहेको वताईएको छ । कार्यक्रममा महिला स्वास्थ्य स्वयमसेविकाहरुको कामको उच्च मुल्याङ्कन गर्दै नौ वटै वडाका महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान तथा पुरस्कृत समेत गरिएको बताईएको छ । कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले महिला स्वास्थ्य स्वयम्सेविकाहरुले तल्लो स्तरबाट सकारात्मक काम गर्दै आइरहेको यो परिवेशमा अन्य गाउँपालिकाका भन्दा यो गाउँपालिकाले सेवा सुविधाहरु बार्षिक कार्यनितीमानै ल्यायर कार्यान्वयन गरेको जानकारी दिदै यो विषयमा संघिय सरकार तथा प्रदेश सरकार पनि गम्भिर हुनुपर्ने कुरामा जोड दिनुभएको छ । स्वास्थ्य शाखाका शाखा प्रमुख गणेश बुढाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखाकै सहायक शाखा प्रमुख मालती बस्नेतले गर्नुभएको थियो।।।