बिद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम को समिक्षा रुन्टीगढी गाउँपालिकामा सम्पन्न
16:42
होलेरी रोल्पा, पौष १३
रुन्टिगढि गाउँपालिका को आयोजना तथा सुआहारा र रुडास नेपाल को समन्वयमा बिद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम को समिक्षा रुन्टीगढी गाउँपालिकामा सम्पन्न भएको छ। कार्यक्रम को अध्यक्षतामा रुन्टीगढी गाउँपालिकाका उपाध्यक्ष छमाया पुन रहनुभएको थियो, यस्तै प्रमुख अतिथिमा ,प्रमुख प्रशासकिय अधिकृत बासुदेब भट्टराई ,अतिथी हरुमा समाजिक बिकास सम्योजक याम ब दसौदि , स्वास्थ्य शाखा प्रमुख गणेश बुढा ,रुडास नेपाल का अध्यक्ष भिम बहादुर घर्ती र फिल्ड सम्योजक टेकेन्द्र घर्ती ,सुआहारा का स्वास्थ्य तथा पोषण प्रमुख सन्तोष पहारी लगायत सम्पुर्ण गाउँपालिका अन्तर्गत बिद्यालयका पोषण सहजकर्ता को उपस्थिति मा कार्यक्रम सम्पन्न भयको हो ।।कार्यक्रममा विद्यालय मा विद्यार्थीहरुको स्वास्थ्य पोषण को बारेमा बृहत छलफल भएको बताइएको छ ।। कार्यक्रमको स्वागत मन्त्वय गणेश बुढा ले गर्नु भएको थियो भने सहजीकरण मालती बस्नेत ले गर्नु भएको थियो।।