वडा स्तरिय लैङगीक हिंसा नियन्त्रण संजाल समितीका लागी पुर्नताजगी क्षमता विकास तालिम सम्पन्न
05:55
मनाेज पुन
होलेरी रोल्पा मंसिर २९
वडा स्तरिय लैङगीक हिंसा नियन्त्रण संजाल समितीका लागी पुर्नताजगी क्षमता विकास तालिम गोरिनेटामा सुरु भएको छ ।
गोल २ परियाजनाको आयोजनामा सुरु भएको उक्त तालिमको अध्यक्षतामा रुन्टीगढी गाउँपालिका वडा नं १ का अध्यक्ष मिन बहादुर थापा रहनु भएको थियो भने तालिमको सहजीकरण रुपान्तरण नेपालका शुशासन बिज्ञ संकर भट्ट, गोल परियाजना २ का रुन्टीगढी गाउँपालकाका संयोजक बासुदेव पोख्रेल, इलाका प्रहरी कार्यालय होलेरी रोल्पाका प्रहरी निरिक्षक जिवराज थापाले गर्नुभएको थियो।
तालिममा लैङगिक हिंसाका प्रकार, लैङगिक हिंसाका समस्या तथा समाधानको लागी कानुनी उपचारका विधिहरु,वडा स्तरिय लैङगिक संजालको काम कर्तव्य र अधिकार तथा बालविबाह र बहुविबाह को बारेमा छलफल गरिने बताईएको छ ।
यो तालिम रुन्टीगढी गाउँपालिकाको सवै वडाहरुमा संचालन गरिने रुडास नेपालका पुष्पा बुढाले जानकारी दिनुभएको छ ।।