सामुदायिक वन अधिकार र शुशासनका लागी अन्र्तक्रिया कार्यक्रम रोल्पाको होलेरीमा सम्पन्न
09:22
होलेरी रोल्पा,पौष १७ गते
सामुदायिक वनको अधिकार र शुशासनका लागी अन्र्तक्रिया कार्यक्रम रोल्पाको होलेरीमा शुक्रवार सम्पन्न भएको छ।
ग्रिन फाउण्डेशन नेपाल, रुन्टीगढी गाउँपालिका होलेरी रोल्पा र रुन्टीगढी गाउँपालिका स्तरिय वन महासंघ को संयुक्त आयोजनामा सम्पन्न भएको कार्यक्रमको सभाध्यक्षमा रुन्टीगढी गाउँपालिका स्तरिय वन महासंघका अध्यक्ष घन बहादुर घर्ती,प्रमुख अतिथीमा रुन्टीगढी गाउँपालिकाका उपाध्यक्ष छमायाँ पुन, अतिथीहरुमा प्रमुख प्रशासकिय अधिकृत बासुदेव भट्टराई,सव डिभिजन बन कार्यालय होलेरीका प्रमुख गौतम ख्वालापाला,ग्रिन फाउण्डेशन नेपाल दाङका सचिव सरेश रावत, लगायत जनप्रतिनिधिहरु र रुन्टीगढी गाउँपालिका अन्र्तगत सामुदायिक बनका पदाधिकारीहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा सामुदायिक बन उपभोक्ता समिती, गाउँपालिका र महासंघको विचमा स्थानिय र प्र्रदेश बन ऐन को बारेमा बृहत अन्र्तक्रिया भएको बताईएको छ ।
कार्यक्रमको सहजीकरण मुरुल्ले पर्यटकिय विकास संस्थाका सचिव सुवास चन्दले गर्नुभएको थियो ।।