Type Here to Get Search Results !

रुन्टीगढी गाउँकार्यपालिकाको बैठक सम्पन्न, पालिकाका अन्र्तगत सबै विद्यालय पौष २७ देखि माघ १५ सम्म बन्द गर्ने

चेतमान बांठा २७ पौष ०७८ रुन्टीगढी गाउँकार्यपालिकाको बैठक मंगलबार सम्पन्न भएको छ । गाउँपलिकाका अध्यक्ष बालाराम बुढाको अध्यक्षतामा कार्यपालिकाको बैठक समन्न भएको हो । बैठकमा उपाध्यक्ष छमायाँ पुन प्रमुख प्रशासकिय अधिकत बासुदेव भट्टराई प्रवक्ता जगत बहादुर घर्ती लगायत कार्यपालिकाका सदस्यहरुको उपस्थितीरहेको जनाइएको छ। बैठकले कोभिड– १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी ) को मिति २०७८÷०९÷२५ को सिफारिस साथै शिक्षा बिज्ञान तथा प्रबिधी मन्त्रालय सिंहदरबार काठमाडौंको मिति २०७८÷०९÷२६ को सुचना अनुसार हालैका दिनहरुमा कोभिड –१९ को संक्रमण तिव्र रुपमा फैलिएकोले रुन्टिगढी गाउपालिकाको सबै बिद्यालयहरु १५ दिनसम्म बन्द गर्ने निर्णय गरेको छ । ओमिक्रोन भेरियन्टको संक्रमण समेत पुष्टि भएका कारण विद्यार्थीको स्वास्थ सुरक्षा तथा वचावटको विषयलाइ विशेष ध्यान दिन आग्रह समेत गरेको छ । देशैभरका सबै आधारभुत तथा माध्यामिक विद्यालयहरुमा २०७८ पौष २७ गते देखि २०७८ माघ १५ गते सम्म बन्द हुने निर्णय भएकोले रुन्टिगढी गाउँपालिकामा पनि सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द गरिदिन रुन्टिगढी गाउपालिका प्रमुख प्रशासकीय अधिकृत बासुदेव भट्टराईद्रारा हस्ताक्षर सुचनामा जनाएको छ । सथै विदाको अवधिमा सिकाई सहजीकरण निर्देशिका २०७७ ले गरेको व्यवस्था वमोजिम त्यस बिद्यालयले अवलम्बन गर्न सक्ने क्रियाकलापको कार्यायोजना बनाइ २०७८ पौष मसान्त भित्र शिक्षा युवा तथा खेलकुद शाखामा अनिवार्य आवश्यक रुपले पेश गरि विद्यार्थीको सिकाइमा आवश्यक सहजीकरण गर्न प्रवन्ध मिलाउनु हुन समेत अनुरोध गरिएको प्रवक्ता जगत बहादुर घर्तीले जानकारी दिनुभएको छ ।।