✎होलेरी न्युज डटकम१८ माघ ०७८ नेकपा एमाले रोल्पा, निकट जनवर्गीय संगठन द्रारा प्रमुख जिला अधिकारि मार्फत प्रधानमन्त्री लाई समयमै स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न माग गरेको छ । २०७९ जेठ ७ गते स्थानीय तहका पदाधिकारीहरुको पाँच वर्षे अवधि समाप्त हुने भएकाले तत्काल स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न नेकपा एमाले रोल्पा रोल्पा जिल्ला ले माग गरेको छ । स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल सकिएपछि संघ र प्रदेश सरकारले समेत समयावधि थप गर्न नसक्ने र कर्मचारीहरुले मात्र नगरपालिका र गाउँपालिका सञ्चाल गर्न नसक्ने अवस्था रहेकोतर्फ नेकपा एमाले रोल्पा जिल्लाले सरकारको ध्यानाकर्षण गराएको छ । स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ र कायम रहिरहेको सदस्यहरुको पहिलो पटक निर्वाचन भएको दफा ४ को पाँच बर्षको अबधी पहिलो पटक निर्वाचन सम्पन्न भएको सातै दिन पुगेको भोलि पल्ट निर्वाचन भएको मानिने दफा ५५ प्रष्ट व्यवस्था रहेको स्मरण गराएका छन । नागरिकहरुलाइ स्थानीय सरकारको निरन्तरता दिन राखिएका यी सुव्यवस्था आधारहरुलाइ अपव्याख्या गरि निर्वाचन मिति सार्ने काम किमार्थ संविधान सहमत होईनन । संविधानको मर्म , भावना र प्रावधान विपरित स्थानीय निर्वाचन पर धकेल्ने भनेको असंवैधानिक र नागरिक आधारभुत मानवाधिकार विरुद्ध कार्य भएको उल्लेख गरेका छन राष्ट्रिय युवा संघ नेपाल निरज श्रेष्ठ के.स , कल्पित जिएम अनेरास्ववियु के.स र सुधा न्यौपाने अनेक संघ संयोजक रोल्पा नगर कमिटी रोल्पा को संयुक्त विज्ञप्ति जारी गरेका हुन ।।
स्थानीय तहको चुनाव तत्काल घोषणा गर्न नेकपा एमाले रोल्पा निकट जनवर्गीय संगठनको को ध्यानाकर्षण ।।
18:31