Type Here to Get Search Results !

रोल्पा मा ८ जनामा कोरोना भाईरस संक्रमण पुष्टि।।

०४ माघ ०७८ होलेरी रोल्पा । रोल्पामा ११ जनाको नमुना परिक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको छ ।
रोल्पामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढेको छ । आज मंगलबार मात्रै ११ जनाको एन्टिजेन परिक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रोल्पाका सुचना अधिकारी कुल बहादुर डाँगीले बताउनुभयो । हाल रोल्पामा कारोना भाइरसका सकिृय संक्रमितको संख्या ३२ पुगेको छ । आज गरिएको परिक्षणमा ३ जना रोल्पा अस्पताल कै कर्मचारीमा संक्रमण पाइएको हो । आज थपिएका ३ जनासहित अस्पतालका १२ जना कर्मचारीमा संक्रमण पुष्टि भएको छ । अस्पतालका कर्मचारीमा संक्रमण भएपछि सेवाप्रवाहमा समस्या भएको अस्पतालले बताएको छ । संक्रमित मध्ये १ जना रोल्पा अस्पतालको आइसोलेसनमा रहेका छन् भने ३१ जना होम आइसोलेशनमा रहेका अस्पतालले जनाएको छ । जिल्लामा कोरोनाको लक्षणसंग मिल्दोजुल्दो बिरामिहरुको संख्या बढेको छ । कोरोनासंग मिल्दोजुल्दो लक्षण भएका बिरामीले परिण नगर्दा कोराना झन् फैलन सक्ने अस्पतालका सुचना अधिकारी कुल बहादुर डाँगीले बताउनुभयो । अस्पतालको कर्मचारीहरु संक्रमित भएका कारण अत्यआवश्यक नपरि अस्पता नआउन अस्पतालले अुरोध गरेको छ । जिल्लामा कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै भए पनि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९डीसीसीएमसी०ले अहिलेसम्म कुनै योजना नै बनाएको छेन् । स्थानीय प्रशासनले कोरोनाविरुद्ध सचेतना फैलाउन र रोल्पा प्रवेश गर्ने मुख्य नाकाहरूमा कडाइ गर्ने तयारी गरिएको जनाएको छ । सरकारले विद्यालय बन्द गर्न आह्वान गरेअनुसार हेहि स्थानीय तहले विद्यालय बन्द गरेका छन् । केहीले भने विद्यालय खुलाउन निर्णय गरेका छन् ।///// यो समाचार पत्रकार तिलक घर्ती मगर ले तयार पार्नु भएको हो ।।