Type Here to Get Search Results !

राेल्पामा अटाे दुर्घटना हुदा चालकको घटनास्थलमै मृत्यु।।

१८ पुस ०७८
रोल्पा को लिवाङ जाँदै गरेको अटाे दुर्घटना हुदा चालकको घटनास्थलमै मृत्युु भएको । रोल्पा को लिबाङ तर्फ जाँदै गरेकाे रा १ ह ३०५१ नम्बरकाे अटाे आइतबार दिउसाे करिब १ बजे तिर दुर्घटना हुदा अटाे चालक रुन्टीगढी गाउँपालिका -९ सखीका ३४ वर्षिय खुम राेकाकाे घटनास्थलमै मृत्युु भएकाे जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ। अटाेमा अन्य यात्रु नरहेका र अटाे सडकबाट करिब २०० मिटर तल खसेकाे थियाे। घटनापछि जिल्ला प्रहरी कार्यालयबाट गएकाे प्रहरी टाेलीले शवकाे उद्वार गरि पाेष्टमार्टमका लागि जिल्ला अस्पताल रेउघा पठाएको जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रमुख डिएसपी विनोद घिमिरेले बताए।