Type Here to Get Search Results !

रोल्पामा गाई काटेको अभियोगमा २ जना पक्राउ ।।।

चेतमान बाँठा <>०९ माघ ०७८ होलेरी रोल्पा। रोल्पामा गाई काटेको आरोपमा दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुनिलस्मृति गाउँपालिका–८, अरेश धाराखर्क बस्ने २९ वर्षीय दुर्गा पुनमगर र ४१ वर्षीय बलबहादुर पुनलाई गए राति १० बजेको समयमा प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको प्रहरी टोलीले उनीहरूको घर तलासी गर्दा दुवैको घरबाट चार, चार गरी ८ केजी मासु बन्चरो–१ वटा, खुकुरी – ३ वटा, र हसिया–१ वटा बरामद गरिएको छ । उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान भैरहेको जनाइएको छ ।।।