✎ चित्र वियोग झाकृमगर सुनछहरी रोल्पा
११ माघ ०७८ होलेरी रोल्पा ।। होलेरी न्यूज डटकम ।। सुनछहरी गाउँपालिकामा कार्यरत शिक्षकलाई कोरोना पुष्टि हुदा नेपाल शिक्षक महासंघका सुनछहरी गाउँपालिकाले सुनछहरी गाउँपालिका अध्यक्ष र शिक्षा शाखा प्रमुखलाई ध्यानाकर्षण गराएको छ। शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालयले माघ १५ सम्म विद्यालय बन्द गर्ने निर्देशन भएको तर स्थानीय तहले यसलाई अवज्ञा गर्दै विद्यालय सन्चालन गर्न निर्णय गरेकोमा आपत्ति जनाउदै तत्काल स्वास्थ्य सुरक्षाको मापदण्ड तथा वैकल्पिक उपाय अवलम्बन नगर्दा सम्म विद्यालय संन्चालन नगर्न समेत महासघंका सचिब लाल बहादुर घर्तीमगर र अध्यक्ष रेग बहादुर पुन मगरमगरको सयुक्त हस्ताक्षर ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ।