Type Here to Get Search Results !

देशभर नै माघ १५ गतेदेखि स्कुलहरु खुलाउने सरकारको निर्णय।।

 ✏होलेरी न्युज डटकम //


  ११ माघ ०७८ होलेरी रोल्पा ।।सरकारले माघ १५ गतेदेखि २० गतेसम्म विद्यालय खोल्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशैभरका विद्यालय छ दिन खुलाई त्यस समयमा सबै विद्यार्थीलाई खोप लगाउन भनेको हो ।पछिल्लो समय भाइरस संक्रमितको संख्या बढ्दै गएपछि सरकारले माघ १५ गतेसम्मका लागि विद्यालय बन्द गरेको थियो ।स्थानीय तह र स्वास्थ्य चौकीसँग समन्वय गरी देशैभरका विद्यालयहरूले विद्यार्थीलाई खोप लगाउनुपर्ने मन्त्रालय का प्रवक्ता दीपक शर्माको एक विज्ञप्ति उल्लेख गरिएको छ ।