Type Here to Get Search Results !

रोल्पा जिल्लामा अटो रिक्सा चलाउन प्रतिबन्ध ।।।

"✎होलेरी न्युज डटकम
१७ माघ ०७८    रोल्पा मा अनुमती पत्र (लाईसेन) बिना तीन पाङ्ग्रे अटो रिक्सा चलाउन प्रतिबन्ध गरिएको छ ।
रोल्पा जिल्ला मा सञ्चालनमा रहेका अधिकाशं अटोरिक्सा चालकसगं सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएको पाइएको छ । अटोरिक्सा सञ्चालनका लागी नेपाल सरकारले प्रदान गर्ने सवारी चालक अनुमति पत्र अन्तर्गत लाइसेन्स लिनु पर्ने सरकारी ब्यवस्था रहे पनि रोल्पा जिल्ला मा अटोरिक्सा चालकहरु मध्य अधिकाशंसगं लाइसेन्स नभएको पाइएको छ । जसका कारण सवारी दुर्घटना पनि बृद्धि भएको जिल्ला प्रहरी कार्यलय रोल्पा ले बताएको छ । रोल्पा जिल्ला मा अटो रिक्सा दुर्घटना भैरहदा यस्लाइ न्यूनीकरण गर्नको लागी बैशाख देखि नै अनुमती पत्र बनाउन आग्रह गरे पनि अधिकाशं सङ लाईसेन नबनाए पछि दुर्घटना लाई न्यूनीकरण गर्नको लागि बन्द गरेको जिल्ला प्रहरी कार्यलय रोल्पा बताएको छ । जब सम्म लाइसेन हुदैन तब सम्म अटो रिक्सा चलाउन न पाइने पनि जिल्ला प्रहरी कार्यलय ले बताएको छ ।।