Type Here to Get Search Results !

तिम्रो संसार बाट हराएको म !!!

 ✏ दिल मगर, दाङ 

होलेरी न्युज डटकम । ११ माघ २०७८ ।


लाग्दथ्यो,
लाग्दथ्यो मलाई, म तिम्रो संसार बाट कहिलै हराउदिन, जस्तो परिस्थिति आइपरेपनी डराउदिन,, साथ छोड्दिन
तर आज साथ छोड्न बाध्य भएको छु ।
त्यसैले त तिम्रो संसार बाट हराएको छु ।।
लाग्दथो
तिम्रोलागि सारा खुसी किन्न त सक्दिन म, म गरिब छु । गरिब भएकै कारण केही गर्ने दाउमा आफ्नो गाउँ छोडेर सहरका गल्ली गल्ली बास खोजेर बसेको म
तर त्यही खुसी किन्न नसकी हराएको छु ।
लाग्दथो
तिमीसङ्ग नबोले पछि त हरपल हर रात सुन्यझै लाग्दथो ।
तर आजभोलि त रात मात्र होइन दिन पनि सुन्य लाग्दैछ
किनकि तिम्रो संसार बाट हराएको छु ।
लाग्दथो,
यो जुनिमा तिम्रोलागि म हुनेछु अनि मेरो लागि तिमि
अबसोच तिम्रो साथ पाउन नसकेको म बिगतका सुमधुर यादगार पल सम्झनु बाहेक अरु के छर,
किनकी तिम्रो संसार बाट हराएको छु ।
सजाएका अनगिन्ती सपना ढलाएको छु ।।
सुरुमा
फेशबुकमा बोल्दा , तिम्रो प्रस्तुत हुने शैलि अनि मोठासपन आवाजमा मायामोह बढे पश्चात् बसेको माया
छिनभरको डिसिजन तिम्रो
त्यसैले तिम्रो संसार बाट हराएको छु ।
भन्नलाइ त भन्थिउ ,
जस्तोसुकै परिस्थितिमा पनि कहिलै साथ छोड्दिन तिम्रो,
मेरो बिश्वास लाग्दैन र ? बिश्वास नलागेको पनि होइन
हुनत
मायामा संका र उपसंका हुनु स्वाभाविक नै हो
तर बार बार संका भन्दा माथिको प्रमाण भेटेको छु,
कारण सोध्ने मौका मिलेन, हजार प्रयास असफल भए पछि
तिम्रो संसार बाट हराएको छु ।
गल्ती अन्जामा सबैको होला तर हजार गल्ती सायद भगवानले पनि क्षेमा नदिन सक्छन बिचार गरेर ख्याल गर
लामो समयको मायामोह बिर्सिएर चिन्दैन भनेपछी हराउनुको बिकल्प देखिन त्यसैले भन्न मन लागेको छ तिम्रो संसारबाट हराएको छु ।
हुनत पृथ्वी गोलो छ भेट होला नहोला कहि कतै भेट भैहाल्यो भने मेरा आखाले तिमिलाई देख्ने छैनन , चित्त नदुखाउनु स्वार्थी संसारमा बाध्यताले स्वार्थी बनायको छ ।।
यो कथा पढ्दै जादा तपाइको मन छोएको छ भने एक पटक सेयर गर्नुहोस