Type Here to Get Search Results !

निम प्रशाद रोकाको १३ ओौं दिनको पुन्यतिथिको अबसरमा नेकपा एमाले जिल्ला कमिटी रोल्पाले श्रद्धाञ्जली सभा सम्पन्न ।।।।।

नेकपा एमाले जिल्ला कमिटी सचिव स्वर्गीय क। निम प्रशाद रोकाको १३ ओौं दिनको पुन्यतिथिको अबसरमा नेकपा एमाले जिल्ला कमिटी रोल्पाले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।
नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष बालाराम बुढाको सभाअध्यक्षता सुरुभएको श्रद्धाञ्जली सभामा प्रमुख अथितिमा नेकपा एमाले पोलिटव्युरो सदस्य गोकुल प्रशाद घर्ती ,अथितिहरुमा नेकपा एमाले केन्द्र कमिटी सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज नवीन रोका मगर , नेकपा एमाले केन्द्र कमिटी सदस्य तथा रोल्पा जिल्ला सह(इन्चार्ज कुमार दशौदि,नेकपा एमाले केन्द्र कमिटी सदस्य तथा रोल्पा जिल्ला सह(इन्चार्ज इस्वरी जि।एम,नेकपा एमाले लुम्बिनी प्रदेश कमिटि सचिव लक्ष्मण आचार्य , नेकपा एमाले दाङ जिल्ला कमिटी निवर्तमान पार्टी अध्यक्ष टिकाराम खड्का , नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य शान्त कुमार वली, लमही नगरपालिका मेयर कुल बहादुर केसी, नेपाली काङ्ग्रेसका भुप बहादुर रोका, नेकपा माओवादी केन्द्र त्रिवेणी गाउँपालिका अध्यक्ष शेरसिंङ बन्दिपुरे,घरपरिवारको तर्फबाट बुवा डिल्ली बहादुर रोका ,आमा लालमति रोका, श्रीमती बुद्धिमति रोका लगाएको आथित्यता रहेको थियो । श्रद्धाञ्जली सभामा बोल्दै सभाका प्रमुख अथिति गोकुल प्रशाद घर्तीले अबको स्वर्गीय निम प्रशाद रोकाको घरपरिवारको अभिभावकको जिम्मेवारी सिंगो पार्टी कमिटिको काधमा रहेको बताउनु भएको छ ।। स्वर्गीय रोकाको परिवारका हरेक समस्यालाई नेकपा एमाले पार्टी पंक्तिले हल गर्ने समेत बताउनुभयो । नेकपा एमाले केन्द्र कमिटी सदस्य तथा एमाले रोल्पा जिल्ला कमिटी इन्चार्ज नवीन रोका मगरले स्वर्गीय निम प्रशाद रोका पार्टीकै काममा तल्लिन रहेको वेला निधन भएकोले स्वर्गीय निम प्रशाद रोकालाई पार्टीले सहिदको घोषणाको लागि पहल गर्ने कुरा उल्लेख गर्नुभयो । साथै एउटा गरिब परिवारको सन्तान पनि सबैको लोकप्रिय नेता बन्न सक्छ , भन्ने ज्वलन्त उदाहरण स्वर्गीय निम प्रशाद रोका रहेको बताउनुभयो ।
सभाका अर्का अथिती कुमार दशौदिले स्वर्गीय निम प्रशाद रोकाको छोराछोरिहरुको पठनपाठनको लागि रु। ५५ हजार रुपैयाँ दिने घोषणा गर्दै अक्षयकोषको निर्माण गर्ने कुरा समेत उल्लेख गर्दै पार्टीका सम्पूर्ण कार्यकर्तालाई पनि सहयोग गर्न अपिल गर्नुभएको छ ।। भने कार्यक्रमको सहजिकरण नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य अमृत बहादुर बुढाले गर्नुभएको हो।।