Type Here to Get Search Results !

पोषण सुधार परियोजना सम्वन्धी अभिमुखीकरण होलेरीमा ।।।

ह १० माघ ०७८ होलेरी रोल्पा
आर आर एन रोल्पाको आयोजनामा रोल्पाको होलेरीमा पोषण सुधार परियोजना सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । पोषण सुधार परियोजना सम्वन्धी अभिमुखीकरण कार्यक्रम आर आर एन रोल्पाले रुन्टीगढी गाउँपालिकाको जनप्रतिनिधिहरुलाई दिएको बताइएको छ । आर आर एन रोल्पाका ब्यवस्थापक भानु पराजुली को सभाध्यक्षमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथीमा रुन्टीगढी गाउँपालिकाका उपाध्यक्ष छमाया पुन, यस्तै अतिथीहरुमा लेखा प्रमुख प्रलाहद कार्की, पोषण संयोजक मञ्जील तामाङ,रुन्टीगढी गाउँपालिकाका प्रवक्ता जगत जि.एम. लगायत जनप्रतिनिधिहरु,गाउँपालिकाका स्वास्थ्य शाखा,पशु शाखा,कृषि शाखाका प्रमुख तथा स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो। कार्यक्रममा गाउँपालिकास्तरमा रहेका स्थानिय नागरिक विच पोषणयुक्त खाद्य सुधार तथा बृद्धि विकास सम्वन्धी छलफल भएको बताइएको छ। कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहनुभएका रुन्टीगढी गाउँपालिकाका उपाध्यक्ष छमायाँ पुनले आर आर एन रोल्पाले विगतका दिनहरुमा पनि करिव १४ वर्ष काम गरिसकेको उल्लेख गर्दै अहिले को समयमा फेरी काम गर्न लागेको भन्दै ग्रामिणस्तरमा काम गर्दा स्थानिय निकाय तथा जनप्रतिनिधीहरु संगको समन्वय महत्ववपुर्ण हुने कुरामा जोड दिनुभएको छ । संगसंगै आर आर एन रोल्पाले काम गर्दा स्थानिय निकायले गर्नुुपर्ने भुमिकाको विषयमा सधै सकारात्मक रहने कुरामा पनि जोड दिनुभएको छ ।।