सुरक्षित आप्रवासान (सामी) परियोजना को सामुदायिक अगुवाहरुसंग को अन्र्तक्रिया कार्यक्रम सम्पन्न
21:34
होलेरी,रोल्पा माघ ११ गते
बैदेशिक रोजगारलाई कसरी सुरक्षित र प्रभावकारी बनाउन सकिन्छ भन्ने उद्येश्यका साथमा रोल्पाको होलेरीमा सुरक्षित आप्रवासान (सामी) परियोजना को सामुदायिक अगुवाहरुसंग को अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाको सभाध्यक्षमा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष छमायाँ पुन,गाउँपालिकाका प्रशासन प्रमुख सानुबाबु खड्का, लेखा प्रमुख झग्गु केसी, सामी परियोजनाका कार्यक्रम अधिकृत विष्णु अर्याल, रुन्टीगढी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेश बुढा,सामी परियोजना रुन्टीगढीका फोकल पर्सन दिपेन्द्र घर्ती,सामी परियोजनाका मनोसामाजिक कार्यकर्ता दुर्गा बुढा, वित्तिय सहजकर्ता हिरा डाँगी लगायत विभिन्न शाखाका प्रमुखहरु, शिक्षकहरु,नागरिक समाज,स्थानिय समाजसेवी र महिला स्वास्थ्य स्वयमसेविकाहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा सामी परियोजनाले केके कार्यक्रमहरु गरिरहेको छ,बैदेशिक रोजगारीलाई कसरी ब्यवस्थीत र प्रभावकारी वनाउन सकिन्छ,वित्तिय रेमिट्यान्सलाई कसरी ब्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा अन्र्तक्रिया भएको बताइएको छ ।
डिकोस रोल्पाका उपाध्यक्ष कुम बहादुर पुनको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक बेरजंग पुनले गर्नु भएको थियो।।