Type Here to Get Search Results !

आर आर एन रोल्पाको आयोजनामा पोषण सुधार कार्यक्रम

होलेरी,रोल्पा माघ ३ गते आर आर एन रोल्पाको आयोजनामा रोल्पाको होलेरीमा सोमबार पोषण सुधार सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । पोषण सुधार सम्वन्धी अभिमुखीकरण कार्यक्रम आर आर एन रोल्पाले आफ्ना कर्मचारीहरुलाई दिएको बताइएको छ । आर आर एन रोल्पाका ब्यवस्थापक भानु पराजुली को सभाध्यक्षमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथीमा रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढा, यस्तै अतिथीहरुमा लेखा प्रमुख प्रलाहद कार्की, पोषण संयोजक मञ्जील तामाङ लगायत करिव २०जना आर आर एन रोल्पाका कर्मचारीहरुको उपस्थिती रहेको थियो। कार्यक्रममा गाउँपालिकास्तरमा रहेका स्थानिय नागरिक विच पोषणयुक्त खाद्य सुधार तथा बृद्धि विकास सम्वन्धी ज्ञानका कुराहरु लिएर कसरी प्रस्तुत हुन सकिन्छ भन्नेबारेमा छलफल भएको बताइएको छ। कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहनुभएका रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले आर आर एन रोल्पाले विगतका दिनहरुमा पनि करिव १४ वर्ष रोल्पामा काम गरिसकेको उल्लेख गर्दै अहिले को समयमा फेरी काम गर्न लागेको भन्दै ग्रामिणस्तरमा काम गर्दा स्थानिय निकाय तथा जनप्रतिनिधीहरु संगको समन्वय महत्ववपुर्ण हुने कुरामा जोड दिनुभएको छ । संगसंगै आर आर एन रोल्पाले काम गर्दा स्थानिय निकायले गर्नुुपर्ने भुमिकाको विषयमा सधै सकारात्मक रहने कुरामा पनि जोड दिनुभएको छ । कार्यक्रमको सहजीकरण आर आर एन रोल्पाका कृषि अधिकृत नविन विसिले गर्नुभएको थियो।।