Type Here to Get Search Results !

समता ,पहुँच र उपयोगीता बिषयक अभिमुखिकरण

होलेरी रोल्पा ,माघ ३ गते रोल्पाको रुन्टीगढी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा समता ,पहुँच र उपयोगीता बिषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नवजात शिशु र बालरोगको एकिकृत ब्यवस्थापन को पहुचमा अभिबृद्धी गर्ने उद्देश्य अनुसार छलफल भएको स्वास्थ्य शाखा प्रमुख गणेश बुढाले बताउनु भएको छ।। रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाको अध्यक्षतामा सम्पन्न भएको उक्त अभिमुखिकरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बासुदेब भट्टराई लगायत स्वास्थ्यचौकी इन्चार्जहरु फोकल पर्सनहरु लगायत को उपस्थिति रहेको थियो। कार्यक्रम को सहजीकरण प्रशासन प्रमुख सानुबाबु खड्काले गर्नुभयको थियो।।