Type Here to Get Search Results !

रोल्पामा हत्यामा संलग्न फरार व्यक्ति २७ वर्ष पछि पक्राउ ।।।

०६ माघ ०७८ होलेरी रोल्पा । रोल्पामा हत्यामा संलग्न फरार व्यक्ति २७ वर्ष पछि पक्राउ परेका छन।
पक्राउ पर्नेमा साविक ईरिबाङ गा.वि.स.वडा नं.३ हाल परिवर्तन गाउँपालिका वडा नं.६ नाफे बस्ने ५१ वर्षिय गन बहादुर कामी रहेका छन। २०५१ भदौ २१ गते मध्यान्न १२ः०० बजे साविक तालावाङ गा.वि.स.वडा नं.७ हाल माडि गाउँपालिका वडा नं.३ खारावाङ ल्वाते स्थित कुल बहादुर घर्तीको घरमा गाउँको जग्गा साँध सिमाना सम्बन्धी भएको विवादमा रिसिईवी लिई साविक ईरिबाङ गा.वि.स.वडा नं.३ हाल परिवर्तन गा.पा.वडा नं.६ नाफे बस्ने तत्काल २१ वर्षिय कामीले साविक तालावाङ गा.वि.स.वडा नं.७ हाल माडी गाउँपालिका वडा नं.३ खाराबाङ ल्वाते बस्ने तत्काल ३३ वर्षिय चुन बहादुर घर्तीलाई काठको लाठी,हात,मुक्का प्रहार गरि कुटपिट पछी हत्या गरेको घटनामा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। अभियुक्त कामी विरुद्ध जिल्ला अदालत रोल्पाको २०७० बैशाख ९ गतेको फैसलाले जन्म कैद (२० वर्ष) कैद हुने ठहरी फैसला भए पश्चात फरार रहेका कमीलाई बुधबार पक्राउ गरि फैसला कार्यान्वयनको लागि रोल्पा जिल्ला अदालतमा पेश गरि मिती २०७८÷१०÷०५ गते फैसला कार्यान्वयनको लागि रोल्पा जिल्ला अदालतमा पेश गरि जन्म कैद (२० वर्ष) कैद भुक्तानको लागि कारागार कार्यालय रोल्पामा थुनामा राखिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले बताउने भयो ।।।