Type Here to Get Search Results !

सूचनालाई अवज्ञा गरि विद्यालय संचालन गर्दा रोल्पामा एक शिक्षक कोरोना सङ्क्रमित ।।।

१० माघ ०७८ होलेरी रोल्पा ।। सुनछहरी गाउँपालिका रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय फगामका एक शिक्षकलाई आइतबार परिक्षण गर्दा कोरोना पुष्टि भएको छ।
शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयले सबै शैक्षिक सस्थालाई माघ १५ सम्म बन्द गर्न निर्देशन दिए पनि सुनछहरी गाउँपालिकाले उक्त सूचनालाई अवज्ञा गरि विद्यालय संचालन गर्दा महामारीले उग्ररूप लिने खतरा देखिएको विद्यालयका निमित्त प्रधानाध्यापक युवराज घर्तीमगरको भनाइ छ। पठनपाठनकै क्रममा शिक्षक एकाएक बिरामी परी चेकजाँच गर्दा संक्रमीत भएकोले अन्य शिक्षक र विद्यार्थीहरुमा पनि संक्रमित हुन सक्ने भनी विद्यालय परिवारले चिन्ता व्यक्त गरेको छ। उता सुनछहरी गाउँपालिका अध्यक्ष आस बहादुर पुनमगरले यो खबरले आफुलाई निकै संवेदनशिल बनाएको भन्दै अब आकस्मिक छलफल गरि केही निर्णय गर्ने र सोही अनुसार सूचना गर्ने अध्यक्ष पुनको भनाइ छ। विद्यालय संचालन सम्बन्धमा सबै प्रधानाध्यापकहरुको बैठक बसि विद्यार्थीहरुको लागी खोप कार्यक्रम पनि भएकोेले विद्यालय बन्द गर्दा विद्यार्थीहरु विकेन्द्रीकरण भइ खोप छुट्ने र बन्द गर्दा वैकल्पिक कक्षा संचालन गर्न नेट इन्टरनेटको पहुँच नभएकोले यसलाई पनि मध्यनजर गरि विद्यालय सन्चालन गर्न पालिकाले निर्णय गरेको समेत उहाले जानकारी गराउनु भएको छ।
यो समचार चित्र वियोग झाकृमगर तयार पार्नु भएको होे