स्वास्थ्यकर्मीहरुका लागि बृहत् पोेषण सम्वन्धी ७ दिने दोस्रो चरण तालिमको उद्घाटन
17:13
होलेरी रोल्पा पौष २२गते
रुन्टीगढी गाउँपालिकाको आयोजनामा स्वास्थ्यकर्मीहरुका लागि बृहत् पोेषण सम्वन्धी ७ दिने दोस्रो चरण तालिमको बुधवार रोल्पाको होलेरीमा उद्घाटन भएको छ ।
तालिमपछि ग्रामीणस्तरमा स्थानिय नागरिकहरुलाई पोषण सम्वन्धी ज्ञानका कुराहरुलाई ब्यवहार परिवर्तन गर्न तथा गराउनको लागी उत्प्रेरित गर्ने तालिमको उद्येश्य भएको रुन्टीगढी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेश बुढाले जानकारी दिनुभएको छ ।
रुन्टीगढी गाउँपालिकाका उपाध्यक्ष छमायाँ पुन को सभाध्यक्षमा सम्पन्न भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत बासुदेव भट्टराई लगायत प्रशिक्षक तथा रुन्टीगढी गाउँपालिकाका स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण रुन्टीगढी गाउँपालिकाका स्वास्थ्य शाखाका मालती बस्नेतले गर्नुभएको थियो।।