Type Here to Get Search Results !

तिम्रा छोराहरुले लानेछन, पक्कै तिम्लाइ बुढेसकालमा बिद्धाआश्रम “कमलाको कथा”।।

✏ दिल मगर दाङ
होलेरी न्युज डटकम १८ माघ ०७८ ।। बिचारा १ तिम्रा ती दुई साना छोराहरु, घरमा एक्लै छोडेर दिनभर हराउने तिम्रो दम्पतिलाई पक्कै पाप लाग्छ, अनि लैजानेछन बुढेसकालमा बिद्धाआश्रम ,,
रुपन्देहिको सैनामैना १० झिमझिमिया निवासी कमला बेल्बासेकोे दम्पतिले क्षेमिकीबाट पाउने साझ बिहानको आर्शिरबाद यहि थियो । अर्घखाची जिल्लामाको सानो गाउबाट ठुलो सपना बोकेर सहर झरेपछि आफन्त भन्नु कोहि थिएन, सबै अन्जान थिए, चिन्जान थिएन, केहि गर्ने सोचमा आफनो गाउ छोडेर ब्यस्त सहरमा भएका ठुला महल जस्ता घरमा कोठा लिए । कमलाको श्रीमान एक सफल इेलेक्ट्रिसियन र पलम्बर थिए, उनले काम पाए भने कुनै समस्या थिएन कमलाको श्रीमानले परिवार राम्रो सँग पालानपोषण तथा शिक्षादिक्षा दिन सक्थे, तर त्यो बेस्त सहरमा उनको क्षेमता हराएको थियो, उनको कला हराएको थियो, अनि कामको अबसर हराएको थियो ।
केहि गर्ने आसमा गाउबाट ५ हजार बोकेर सहर झरेपछि, भनेजस्तो अनि सोचेजस्तो काम नपाएपछि सुरुसुरुमा खान लाउन त परैको कुरा हो, कोठाभाडा तिर्न समस्या परेछन, सोचेका सपना अधुरा बन्न पुगेछन । बल्ल तल्ल केहि समय पछि कमलाको श्रीमानले एउटा हार्डवयार पसलमा काम पाएछन, काम चल्दै थियो ।त्यतिबेला कमलाको परिवारमा पहिलो सन्तान छोराको जन्म भएछ । त्यस पश्चात केहि बर्ष पछि दोस्रो सन्तानको रुपमा फेरी छोराको जन्म भएछ, अब कमलाको परिवारमा ४ जना भए । यता श्रीमानको कमाई राम्रै थियो, परिवारमा खर्चपर्च चलेकै थियो, तर यात्रा गरिरहेको गाडि कहा नेर ठोकिन्छ अनि रोखीन्छ पत्तै हुदैन, अब सोच कमलाको परिवारमा पनि त्यस्तै बज्रपात प¥यो । भोलीको सारा खुसीका लागी श्रीमानको आस भरमा चल्दै गरेको यो यात्रा बिच बाटोमै राकिन पुगेछ, किनकी श्रीमान कामको शिलशिलामा दुर्घटनामा परे, भाग्यको भरोसा भनौ वा, उपचारको सकस परिस्थितिमा पनि श्रीमान बचाउन त सफल भए तर काम गर्ने ठाउबाट साहुले श्रीमानको नाम हटायो, एउटा कामदार हटायो, परिवारमा केही फेरीन लागेको काचुली बिच बाटोमै राकियो । इेलेक्ट्रिसियन र पलम्बर काम गर्न जोकोहि लाई सजिलो छैन अझ त्यसैमाथी माहिलाले गर्छन भन्दा झवाट बिश्वास गर्न गाहे हुन्छ । तर यहि बिचमा कमलाले श्रीमान सँगको शिप र क्षेमता सिक्न राजी भईन, आफु अशक्त हुदा श्रिमतिको आट र साहास सबै भन्दा ठुलो थियो उनका श्रिमानलाई, आफनी श्रीमति कमलालाई आफुले गर्ने काम सबै शिकाउन थाले कमला सिक्दै गईन बिहान भालेको डाको सँगै उठेर, दुई छोरा कोठामा छोडेर काममा जादा छिमेकीको नानाथरी कुरा सुन्नु पर्थोरे, बिचार छोराले के खान्छ के लाउछन एक्लै छोडेर जाने तिमीहरुलाई पाप लाग्छ, भोली तिमीहरु बुढाबुढी हुदा छोराहरुले बृद्धआश्र्रम लैजान्छन भन्ने गर्थेरे, हुनपनि मनमा एक खाले प्रश्न यहि झल्किन्थो कमलालाई, तर भोको पेट भर्न बाध्यता थियो त्यतिबेला श्रीमान अशक्त अनि श्रीमानले सिकाएका काम आफै गर्ने भएकाले छोराहरु छोड्न बाध्यता थियो, त्यस्तै परिस्थि थियो, कमला बताउछिन ।
,सुरुसुरुमा काम सिक्दाको अझै पल सम्झिन्छिन उनी इेलेक्ट्रिसियन काम गर्दा करेन्टको झट्का सँग धेरै पटक लडेकी छिनरे, पलम्बर काम गर्दा आगो पानि सँग सामाना गरेकी कुरा सुनाउछिन, अहिले त कमलाको परिवारमा खुसी छाएको छ । गाउबाट ५ हजार बोकेर सहर झरेकी कमलाको परिवार सहरमै एउटा घर ३ ठाउ जग्गाको मालिक र एउटा आफनै गडि किनेका छन । उमेर पुगीसेका दुई छोराको पढने सपना साकार परेका छन । आफुले गरेको कामको प्रतिफल र मेहिनतको लगाप पाएका छन । कमलाका दम्पति दुबै जना निकै ब्यस्त छन, अझै समयको अभाव महसुस गर्दछन । बाह्य दृश्टीकोणले हेर्ने बाताबरण फरक बनाएका छन । सायद लाग्दछ जिन्दगिको परिभाषा बुझन कमलाको दम्पतिले पाएका दुख सँर्घष र मेहिनत पछि पाएको सफल्ताले सिकाउछ होला ।