Type Here to Get Search Results !

रुन्टिगढी गाउपालिका वडा नं. ६ द्रारा शैक्षिक तथा खेलकुद सामाग्री वितरण ।।

  होलेरी न्यूज डटकम
होलेरी रोल्पा २७ माघ ०७८,, रोल्पाको रुन्टीगढी गाउँपालिका ६ नं। वडा कार्यालय डुब्रिङले युवा क्लब र जेहन्दार बालबालिकाहरुलाई खेलकूद तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यालयले बिहीबार० वडा कार्यालयलकै भवनमा एक कार्यक्रमका बीच सो कार्यक्रम सम्पन्न गरेको हो । वडाभित्रका १२ वटा युवा क्लबहरुलाई २र२ वटा भलिबल, १र१ वटा नेट र १र१ वटा पम्प वितरण गरिएको छ, भने वडाभित्रकै ७ वटा विद्यालयका १ सय ५० जना विपन्न तथा जेहन्दार बालबालिकाहरुलाई झोला, कपी र कलम वितरण गरेकोे वडा कार्यालयले जनाएको छ । वडा कार्यालयको बजेटबाट युवालाई खेलकूदमा निरन्तरता दिन र विपन्न तथा जेहन्दार बालबालिकाहरु शैक्षिक सामग्रीकै कारणले बीचमै पढाइ छोड्न बाध्य नहुन भन्ने उद्देश्यका साथ युबा क्लबलाई खेलकूद र बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको वडा अध्यक्ष जगतबहादुर घर्तीले जानकारी दिए । वडा कार्यालयले प्रत्येक वर्ष युवा क्लब र बिपन्न तथा जेहन्दार बालबालिकाहरुलाई खेलकूद तथा शैक्षिक सामग्रीहरु विवरण गर्दै आइरहेको र यसलाई निरन्तरता दिइने समेत वडाध्यक्ष घर्तीले जानकारी दिनुभएको छ । रुन्टीगढी गाउँपालिका ६ नं। वडाका वडाध्यक्ष जगतबहादुर घर्तीको अध्यक्षता मा सम्पन्न भएको कार्यक्रम को प्रमुख अतिथीमा रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढा रहने भएको थियो यस्तै अतिथीहरुमा वडा सदस्य खिमबहादुर घर्ती, रेशम ब. कामी, बिभिन्न विद्यालयका प्राध्यानध्यापक क्लबका पदाधिकारी हरु आतिथ्याता रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहेका बुढाले रुन्टिगढी वडा नं. ६ ले गरेको कार्य सह्रनिय भएको उल्लेख गर्दै यस्तो कार्य ले विद्यालयको शैक्षिक गुणस्तर मा वृद्वि हुनुको साथै खेलकुद क्षमता अविवृद्वि हुने कुरामा जोड दिनुभएको थियो । वडा सदस्य खिम बहादुर घर्तीको स्वागत मनत्व्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण वडा सचिव भागभत घिमिरे ले गर्नु भएको थियो ।।