रुन्टीगढी गाउँपालिका को आयोजनामा दोश्रोचरणको च्याउ खेती तालिम सुरु
17:43
होलेरी रोल्पा, फाल्गुन २ गते
रुन्टीगढी गाउँपालिका कृषि शाखाको आयोजनामा रोल्पाको होलेरीमा आइतवार देखी दोश्रो चरणको च्याउ खेती तालिमको सुरु गरेको छ
रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाको सभाध्यक्षमा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष छमायाँ पुन,सामाजिक विकास संयोजक याम बहादुर दशौदी राना,कृषि अधिकृत कल्पना पाखे्रल, नाप्रस लक्ष्मी बुढा लगायत गाउँपालिकाका कृषकहरुको उपस्थिती रहेको थियो।
तालिम ३ दिन सम्म सञ्चालन हुने बताइएको छ ।
कार्यक्रममा बोल्दै कार्यक्रमका सभाध्यक्ष एबं रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बुढाले तालिम बाट सिकेको सिपलाई ब्यबहारमा लागु गरी आत्मनिर्भर भई संबृद्ध रुन्टीगढीमा टेवा पुग्ने आशा रहेको उल्लेख गर्नुभएको थियो।
कार्यक्रमको सहजीकरण रुन्टीगढी गाउँपालिकाका कृषि अधिकृत कल्पना पोखे्रलले गर्नुभएको थियो ।।