Type Here to Get Search Results !

नेकपा एमाले रोल्पा सचिवालयको बैठक सम्पन्न ।।

होलेरी न्यूज डटकम   
०६ फागुन ०७८ होलेरी रोल्पा ,, नेकपा एमाले रोल्पा सचिवालयको बैठक सम्पन्न भएको छ ।
एमाले रोल्पाका अध्यक्ष बालाराम बुढाको अध्यक्षतामा सम्पन्न भएको बैठकमा नेकपा एमाले केन्द्रिय सदस्य एवं पोलिटब्युरो सदस्य गोकुल घर्ती,केन्द्रिय सदस्यहरु कुमार दशौदी,नविन रोका, इश्वरी जि.एम.लगायत विभिन्न स्थानिय तहवाट पार्टीका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको बताइएको छ । कार्यक्रममा बोल्ने बक्ताहरुले जबसम्म १४ जना सांसद हरुलाई कारवाही हुदैन तवसम्म पारलामेन्टमा उत्थान भएका कुनै पनि विषयहरु नेकपा एमाले मान्य नहुने कु्रामा जोड दिएका छन्। नेकपा माओवादीलाई फ्रेम आउट नगरेसम्म रोल्पाले नया मुहार फेर्न नसक्ने नेकपा एमालेका केन्द्रिय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज नविन रोका मगरले बताउनुभएको छ । रोल्पाको लिवाङमा आयोजित नेकपा एमाले रोल्पाको सचिवालय बैठकमा बोल्दै नेता रोकाले यस्तो बताउनुभएको हो । यि कुरा राजनीतिक पुर्वग्रहि ढंगबाट नभइ हिजोदेखि आजसम्मको अभ्यास र गतिविधिले देखाएको रोकाले बताउनुभयो । परिवर्तनको बाधकहरुलाई पन्छाउनको लागि कुनैबोला लडेका शक्तिहरुसंग पनि मिल्नुपर्ने अवस्था आउनसक्ने र मिल्दै गर्दा सचेत हुनपर्ने उहाँको भनाई रहेको छ । । पार्टीको जिल्ला अधिवेशन र स्थानीय तहको चुनाब नजिक आएकाले जिल्ला तहका नेताहरुका लागि आफु कतिको सक्षम छु भनेर मुल्याङकन गर्ने अवसर भएको बताउदै चुनाबी माहोलमा कसैले गल्ति नगर्न अनुरोध गर्नुभयो । यस्तै उक्त कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रिय सदस्य कुमार दसौंदीले आगामि स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले रोल्पामा ३१ वटा वडा जित्ने दाबी गर्नुभएको छ । पालिका स्तरबाट आएका रिपोर्टकोलाई आधार मानेर उहाँले यस्तो दाबी गर्नुभइको हो । उहाँले कमिटी गठन नभएका वडाहरुमा तत्काल कमिटी गठन गर्न र बैठकहरु बस्न पालिकाका पार्टी कार्यकर्ताहरुलाई आग्रह समेत गर्नुभयो । एमसीसीको बारेमा बोल्दै नेता दसौंदीले पुर्वधार तथा विकास निर्माणको हकमा नेकपा एमालेले कुनै पनि विदेशी आर्थिक साहेता लिने र सैन्य रणनीतिका सहयोगहरुमा संझौता नगर्ने स्पष्ट पार्नुभयो । एमसीसीको बारेमा नेकपा एमाले स्पष्ट भएकोले ढुक्क हुन पार्टी कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।। यस्तै उक्त कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रिय सदस्य एवम रोल्पा जिल्ला सह–इनचार्ज इश्वरी जि.एमले स्थानीय तहको चुनाब नजिकिदै गर्दा पार्टीका नेता तथा कार्यकर्ताहरुलाई गाउँ,टोलमा केन्द्रित हुन आग्रह भर्नुभएको छ । । नेकपा एमाले प्रमुख प्रतिपक्षको भुमिकामा रहँदा निकै संघर्षपुर्ण कार्यहरु गरेको बताउदै १४ जना गैरसांसदलाई सांसद बनाएर मन्त्रि समेत बनाइसकेपछि उनिहरुको बर्खाष्ट र सभामुखलाई नैतिकताको आधारमा राजिनामा लगायतका थुप्रै मुद्दा लिएर नेकपा एमालेले सदन अब्रुद्ध गरिरहेको अवस्थामा एमसीसीको विषयमा निकै राष्ट्यि राजनीति तातिरहेको अवस्थामा नेकपा एमालेले एमसीसी संझौतामा सत्तापक्षको स्पस्ट धारणा नभएपछि नेकपा एमाले बोल्नुआवस्यक नरहेको बताउनुभयो । एमसीसी सदनमा टेवल भएपछि नेकपा एमालेले कस्तो खालको धारण राख्छ भन्ने सबैको चासोको विषय भए पनि जनभावना अनुुसार एमालेले निर्णय गर्ने उहाँले बताउनुभयो ।। नेकपा एमालेका पोलिट्ब्युरो सदस्य गोकुल घर्तीले लिपुलेख, लिम्प्यिाधुरा कालापानी र चुच्चे नक्सा प्रति वर्तमाण सरकार लाचार बनेको बताउनुभएको छ । देश र जनताको भविश्यसंग जोडिएको विषयमा सरकार गम्भिर नभएको उहाँको भनाई रहेको छ । सहि ब्यक्ति छान्न नसक्दा देश नकारात्मक दिशा तर्फ गैरहेको उहाँको भनाई रहेको छ । वर्तमाण सरकार बनेको सात महिना पुग्दा महंगि निकै उचाइमा पुगेको बताउदै देश रजनताको भविश्य निर्माणको लागि नेकपा एमालेको विकल्प नभएको नेता घर्तीको भनाई रहेको छ । नेकपा एमालेलाई हर हिसावले बलियो बनाउन आ–आफ्नो ठाउँबाट लाग्न तथा जनताको सेवामा समर्पित हनु नेता कार्यकर्ताहरुलाई आग्रह समेत गर्नुभयो ।।