Type Here to Get Search Results !

८ दिने व्यवसाय सचेतना एवं लैंगिक समानता तथा सामाजिक समावेशीकरण तालिम सम्पन्न ।। ।।

✎ होलेरी न्युज डटकम
,
माघ १८, होलेरी रोल्पा । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (MEDPA) अन्तर्गत थबाङ गाउँपालिका वडा नं ३ मिरुलमा ८ दिने व्यवसाय सचेतना तालिम एवं लैंगिक समानता तथा सामाजिक समावेशीकरण तालिमको आज समापन गरिएको छ ।
थबाङ गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष भिम बहादुर रोकाको अध्यक्षतामा आयोजित समापन कार्यक्रमको प्रमुख अथिती गाउँपालिका उपाध्यक्ष रामकिरणी रोका मगरको उपस्थिती रहेको थियो भने गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत बिष्णु प्रसाद पाण्डेयको आथित्यता रहेको थियो ।
समापन कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत पाण्डेय , उपाध्यक्ष रोका र वडाले मन्तव्य राख्नु भएको थियो । मन्तव्य राख्दै उपाध्यक्ष रोकाले महिलाहरुले घरको चुलो चौकोमा मात्र काम गर्नु पर्छ भन्ने भनाइ लाइ छोडेर आधुनिक्ता र अहिलेको आवश्यक्ता केहो भन्ने कुरा ध्यान राखी हामी कसरी आत्मनिर्भता तथा कसरी व्यवसाय बनेर हामी हाम्रो समाजको आर्थीक स्थिती माथी उकास्न तर्फ लाग्नु पर्ने बाटो तिर अग्रसरता भएको देख्दा आफु खुसी भएको बताउनु भयो । उहाले भन्नु भयो तपाइहरुले तालिम अवधीभर सिकेको सिपलाइ व्यवहारमा उतार्न अनुरोध गर्नुभयो ।
कार्यक्रमको समापन गर्दै वडा अध्यक्ष रोकाले यस तालिममा उत्साहका साथ महिला दिदीबहिनीहरु उपस्थित भएको र यस तालिमबाट लिएको सिपलाइ निरन्तरता दिदै काम गर्न अनुरोध गर्नु भयो । ८ दिन सम्म चलेको तालिममा करिव २५ जना स्थानिय महिलाहरुको सहभागी रहेको लघु उद्यम विकास कार्यक्रम सहजकर्ता भगवती पुन ले बताउनु भयो । तालिम हामीले आफ्नै गाउँघरमा रहेका स्थानीय स्रोतलाइ प्रयोग गरेर कसरी व्यवसाय संचालन तथा आत्मनिर्भता बन्न सकिन्छ लगायतका विषयमा तालिम दिइएको पुनले बताउनु भयो । समापन कार्यक्रमको संचालन लघु उद्यम विकास कार्यक्रम सहजकर्ता भिमकुमारी पुनले गर्नु भएको थियो ।।