Type Here to Get Search Results !

१०४ जना जेष्ठ नागरिकलाइ वडा कार्यालयले गर्यो सम्मान तथा अभिन्नदन ।।

होलेरी न्युज डटकम
१३, फागुन ०७८ थबाङ रोल्पा । थबाङ गाउँपालिका ४ नं वडा कार्यालयले आफ्नो वडामा रहेका ७० बर्ष माथिका १०४ जना ज्येष्ठ नागरिकलाइ विहिबार सम्मान तथा अभिन्नदन गरेको छ ।
वडा अध्यक्ष उदिम घर्ती मगरको अध्यक्षतामा आयोजित सम्मान कार्यक्रममा करिव ५० जना जेष्ठ नागरिकहरु उपस्थित रहेको थियो । ४५ जना पुरुष, ५९ जना महिलाहरुलाइ सम्मान गर्ने योजना रहेको वडा सचिव गणेश बहादुर विष्टले जानकारी दिनुभयो । उपस्थित हुन नसेकाका जेष्ठ नगारिकलाइ टोलमै पुगेर सम्मान गरिने योजना रहेको वडा सचिव विष्टले बताउनु भएको छ ।
जेष्ठ नागरिकहरुलाइ अतिथिहरु द्धारा खादा र टिका लगायर सम्मान गरिएको हो । समापन कार्यक्रममा बोल्दै वडा अध्यक्ष उदिम घर्तीले आफ्नो वडा भित्ररहेका जेष्ठ नागरिकहरुलाइ सम्मान गर्न पाउदा आफु खुशी भएको बताउनु भयो । हामीले गरेको सम्मान त्यती ठुलो त नहुन सक्छ तर पनि यसरी तपाइहरु माझ कार्यक्रम गरे अन्तक्रिय गर्न पाउदा म अशाध्यै खुसी भएको छु उहाँले भन्नु भयो ।
नेपाल सरकारले जेष्ठ नागरिकहरुको लागि समाजिक सुरक्षा भत्ता अन्तर्गत वृद्धा भत्ता, एकल भत्ता लगायत विभिन्न कार्यक्रम अगाडि सारेको साथै गाउँपालिका र वडा कार्यालयले पनि जेष्ठ नगारिकहरुको लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको अवगत गराउदै ४ नं वडाले भने यो सम्मान कार्यक्रमको आयोजना गरिएको वडा अध्यक्ष घर्तीले बताउनु भयो ।
हामी स्थानीय निर्वाचन भएको करिव अव ५ वर्ष पुग्न लाग्यो यस अवसरमा हाम्रो वडाका जनतालाइ आवश्यक पर्ने आधारभुत सेवाहरु पाउनेगरी विकास भएको छ । हामी निर्वाचित हुनु पुर्व र अहिलेको विकासको अवस्थालाइ हेर्ने हो भने हामी धेरै आकाश पताल फरक छौ । हामीले शिक्षा स्वास्थ्य सडक लगायतका क्षेत्रमा हामीले विकासमा फड्को मारेको समेत वडा अध्यक्ष घर्तीले बताउनु भयो ।
सम्मान कार्यक्रम थवाङ गाउँपालिका कार्यपालिका सदस्य पुन बहादुर बि।क , वडा सदस्य सुदेस रोका मगर , वडा सदस्य विसम पुन लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन वडा सचिव गणेश बहादुर विष्टले गर्नुभएको थियो ।।।