Type Here to Get Search Results !

रुन्टीगढीको कर्णाली क्षेत्र मानिने लखना सडकको पहुँचमा

होलेरी रोल्पा, फाल्गुन १० गते रुन्टीगढी गाउँपालिका रोल्पाको कर्णाली क्षेत्र मानिने रुन्टीगढी गाउँपालिका वडा नं ३ लखना अव सडकको पहुँचमा रहेको छ । रुन्टीगढी गाउँपालिकाको आर्थिक वर्ष २०७८÷७९को करिब २५ लाख रुपैयाँको लागतमा बाजन ,पेटी, लखना मोटरबाटो सम्पन्न भएको हो । अव लखनावासीले पनि सहज रुपमा यात्रा गर्न तथा सामान ढुवानी गर्नको लागी सहज हुने रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले वताउनु भएको छ । मंगलवार उक्त बाटोको एक कार्यक्रमका विचमा उद्घाटन गरिएको छ । रुन्टीगढी गाउँपालिकाको लखना क्षेत्र ३ वटा जिल्लाको संगम (रोल्पा,प्युठान र दाङ) भएको हुदाँ प्युठान स्वर्गद्धारी नगरपालिकाका नगरप्रमुख नेत्र बहादुर रोकायले रिवन काटेर विधिवत रुपमा उक्त वाटोको उद्घाटन गर्नभएको हो । कार्यक्रमा रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढा , उपाध्यक्ष छमायाँ पुन होेलेरी नो लाइट सेवाका सोमराज वि.क.,विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरु,इन्द्रदेवी आधारभुत विद्यालयका प्रधानाध्यापक पुर्ण बहादुर वली, पत्रकार तथा स्थानिय नागरिकको उपस्थिती रहेको थियो । कार्यक्रममा रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बुढाले विद्यालय,सडक तथा अन्य संरचनाको अनुगमन गर्नुभएको थियो । अनुगमनका क्रममा स्थानिय नागरिककहरुले लखना क्षेत्रमा वाटोको विस्तार गरिएकोमा स्थानिय सरकार रुन्टीगढी गाउँपालिकालाई धन्यवाद दिदै अव बिद्युत तथा विद्यालयका लागी भवन समेत आबश्यक रहेको कुरामा जोड दिएको थिए । कार्यक्रममा वोल्दै रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बुढाले लखनावासीले उठाएको मागको विषयमा आफु निकै सकारात्मक ताथ गम्भिर भएको उल्लेख गर्दै अतिआबश्यक मागहरुको सम्वोधनको लागी प्रक्रिया अगाडी वढाउने कुरामा जोड दिनुभएको छ।।