Type Here to Get Search Results !

अचार ,आलु चिप्स र दालमोट वनाउने तालिम विहिवार रून्टिगढि ७ गैरामा सम्पन्न

होलेरी रोल्पा, फाल्गुन १३ रुन्टीगढी गाउँपालिका अन्र्तगत उद्धम विकास कार्यक्रम अन्र्तगत ७ दिने अचार ,आलु चिप्स र दालमोट वनाउने तालिम विहिवार रून्टिगढि ७ गैरामा सम्पन्न भएको छ। रुन्टिगढि गाउँपालिका को आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत ७ दिने अचार तथा दालमोठ उत्पादन सम्बन्धि सीप विकास तालिम को सभाध्यक्षमा रुन्टिगढी गाउँपालिका ७ नंम्वर वडाका वडा अध्यक्ष श्री जङ्ग बहादुर घर्ती को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथीमा रुन्टीगढि गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सानुबाबु खड्का तथा गरिवी निवारणका लागी लघु उद्यम विकासका फोकल पर्सन रुपेश अधिकारी लगायत स्थानिय समाजसेवी तथा प्रशिक्षक र प्रशिक्षार्थी हरुको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहनुभएका निमित्त प्रमुख प्रशासकिय अधिकृत खड्काले सिप सिकेर ब्यवहारमा लागु गरी आत्मनिर्भर हुनुपर्ने कुरामा जोड दिनुभएको छ । यस्तै कार्यक्रमको समापन गर्दै ७ नं का वडाअध्यक्ष घर्तीले यो कार्यक्रम प्रभावकारी वनाउनको लागी प्रशिक्षर्थीहरुले विशेष ध्यान दिई काम गर्न अनुरोध गर्नभयो । कार्यक्रमको सहजीकरण कल्पना थापाले गर्नु भएको थियो।