Type Here to Get Search Results !

स्थानिय सरकार र जनप्रतिनिधि संग क्रीस्चियन समुदाय को धन्यवाद तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।।

✎  होलेरी न्युज डटकम
१३ फागुन ०७८,होलेरी रोल्पा // रुन्टिगढी गाउँपालिका क्रीस्चियन समुदाय ले स्थानिय सरकार र जनप्रतिनिधि संग धन्यवाद तथा अन्तरक्रिया कार्यक्रम रुन्टिगढी गाउँपालिका को सभा हल मा सम्पन्न भएको छ ।।
स्थानिय सरकार संग क्रीस्चियन समुदायले धन्यवाद तथा अन्तरक्रिया कार्यक्रम को प्रमुख अतिथीमा गाउँपालिका अध्यक्ष बालाराम बुढा, कार्यक्रम को सभाअध्यक्ष रुन्टिगढी गाउँपालिका का ईसाइ समाज का अध्यक्ष शेर ब. बि.क, अतिथीहरुमा गाउँपालिका उपाध्यक्ष छमाँया पुन , नेकपा एमालेका गोपल डाँगी,रोल्पा जिल्ला इसाइ समाज का अध्यक्ष सागर पुन, रुन्टिगढी गाउँपालिका काङ्ग्रेस का सभापति जनक पुन, केन्द्रिय सदस्य नेकपा माओबादीका गोबिन्द पुन (नजर ), गाउँपालिका संयोजक तथा वंडा नं. ५ का वडा अध्यक्ष याम ब. दशौदी राना, वंडा न ७ का वडा अध्यक्ष जंग ब. घर्ती वडा नं. ६ वंडा अध्यक्ष जगत ब. घर्ती, गाउँपालिका प्रेस संयोजक मनोज पुन, स्थानीय पत्रकार नन्दराम खड्का , प्रहरी , पाष्टर र सम्पुर्ण बिस्वासीजन हरु उपस्थित गरेको थियो ।
कार्यक्रम का प्रमुख अतिथी समेत रहेका बालाराम बुढाले रुन्टिगढी गाउँपालिकामा करिब ३० हजार मानिस मा हामिले कुनै पनि धर्मको नाम भेदभाब गरेका छैनौ , स्थानीय सरकार क्रीस्चियन समुदाय प्रती एक मत एकता साथ लागेको कुरा गर्दै सधै लाग्ने कुरा पनि उहाँ ले व्यक्त गर्नु भयो । त्यस्तै रोल्पा जिल्ला का ईसाइ समाज का अध्यक्ष सागर घर्ती ले हामी छोरी बुहारीको रुपले किन व्यवहार गरिन्छ कुनै ठाउँ मा गाउपालिका र वडा कार्यलय बाट क्रीस्चियनहरुको माग सुनाइ भए पनि केही ठाउमा भने सुनाइ नभएको भन्दै छोरी हो भने छोरी बुहारी हो भने बुहारी को व्यबहार गर्नु पर्छ भन्नू भयो ।
कार्यक्रम को सभाअध्यक्ष शेर ब. बि.क ले स्थानीय सरकार लाई धन्यवाद दिदै पाष्टरहरु कुनै भेडा बार्खा चराउने मान्छे होइनन, स्थानीय सरकार र जनप्रनिधी हरु ले पाष्टरहरुलाई नराम्रो दृष्टिकोण हेरिन्छ , उहाँ ले भन्नू भयो । अब चुनाव आउदै छ जनप्रतिनिधि हो हाम्रो कुरा पनि सुन्नुहोस तपाईं हरु कुरा मात्रा राख्ने होइन उहाले भन्नू भयो । कार्यक्रम को स्वागत मन्तव्य गाउँपालिका ईसाइ समाज उपाध्यक्ष भुबमणी पुन बाट सुरु भएको कार्यक्रम को सहजीकरण गाउँपालिका ईसाइ समाजका सचिव गोपिराम पुन ले गर्नु भएको थियो ।।।।।।।