महाशिवरात्री को अबसरमा शिव पार्वती गुफा द्रारा बिभिन्न कार्यक्रमको उद्धघाटन
19:01
१६ फागुन २०७८ होलेरी,रोल्पा
महाशिवरात्री २०७८ को अबसर मा शिव पार्वती गुफा संरक्षण संस्था रुन्टिगढी ७ झेनाम ले बिभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम को आयोजना गरेको छ ।
आईतबार एक कार्यक्रमका बिच उद्धघाटन गरिएको छ ।
शिब पार्वती गुफा प्रकृती संरक्षण विकास संस्था का अध्यक्ष टेकलाल पुनको सभाअध्यक्षमा सम्पन्न भएको कार्यक्रम मा प्रदेश सांसद दिपेन्द्र पुन (सिजल) प्रमुख अतिथी, यस्तै अतिथीहरुमा रुन्टिगढी गाउँपालिकाका उपाध्यक्ष छमाया पुन, नेकपा माओबादी केन्द्र प्रदेश सदस्य गोबिन्द पुन (नजर) रुन्टिगढी गा.पा ७ का वंडा अध्यक्ष जंग बहादुर घर्ती, नेकपा एमाले का रुन्टिगढी का उपाअध्यक्ष अमराज बस्नेत, स्थानीय पत्रकार र स्थानीय समाज सेवि को उपस्थिती रहेको थियो ।
कार्यक्रम को उद्धघाटन रिवन काद्दै प्रदेश सांसद दिपेन्द्र पुन (सिजल) र गाउँपालिकाका उपाअध्यक्ष छमांया पुन ले संयूक्त रुपमा उद्धघाटन गर्नु भएको थियो । कार्यक्रम महाशिवरात्री को दिन सम्म संचालन हुने आयोजकले बताएको छ ।
कार्यक्रममा खुल्ला भलिबल प्रतियोगितामा कृषि तरकारी प्रदशनी, भाले छोपाई प्रतियोगिता लगायतको खेलहरु हने आयोजकले जनाएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहेका पुनले यो गुफा आर्कषक र पर्यटकीय स्थल भएको उल्लेख गर्दै यस संरक्षण र संर्वदन आवश्यक रहेको कुरा मा जोड दिनुभयो ।
राजेन्द्र रोकाको स्वागत मन्तव्य बाट सुुरु भएको कार्यक्रमको सहजिकरण भिम ब. पुनले गर्नुभएको थियो ।।