✎ होलेरी न्युज डटकममाघ १९ होलेरी रोल्पा ।। नियम विपरित क्रिप्टोकरेन्सीको कारोबार गर्ने ३ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङले घोराहीबाट ३ जनालाई प’क्रा’उ गरेको छ । प’क्राउ पर्नेहरुमा घोराहीमा बस्दै आएका रोल्पा इरिबाङका कमल थापा, घोराही बुद्धि ग्यारेज नजिकै रहेको तोला होटेलका सन्चालक रोल्पाकै दिपक बोहोरा र रोल्पा होलेरि घर भइ हाल घोराही रतनपुरका सन्तोष श्रेष्ठ रहेको दाङका प्रहरी प्रमुख एसपि सुरेशप्रसाद काफ्लेले बताउनु भयो । प’क्राउ परेका उनिहरुले आफ्ना घरकालाई नै १७ हजारको प्याकेज अन्तरगतको अनलाईन नेटवर्किङ मार्फत कारोबार गरिरहेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । नेपालमा प्रतिबन्धित अनलाईन नेटवर्कीङ मार्फत (क्रिप्टोकरेन्सीको कारोबार) ठगि धन्दा गरेको अभियोगमा उनिहरुलाई प्रहरीले प’क्रा’उ गरेको हो। क्रिप्टोकरेन्सीको कारोबार गरिरहेको गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङले घोराहीबाट ३ जनालाई प’क्रा’उ गरेको दाङका प्रहरी प्रमुख एसपि सुरेशप्रसाद काफ्लेले बताए आफु ठगिएको भन्दै एक जनाले प्रहरीमा उजुरी गरेपछि तीन जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको एसपी काफ्लेले जानकारी दिनुुभयो ।।
साभार जागरण अनलाइनवाट.......