Type Here to Get Search Results !

रुन्टीगढी २ मा विभिन्न राजनितिक दल परित्याग गर्दै करिव २ दर्जन एमालेमा प्रबेश



होलेरी रोल्पा फाल्गुन १४
 गत आइतवार रोल्पाको रुन्टीगढी २ मा विभिन्न राजनितिक दल परित्याग गर्दै करिव २ दर्जन एमालेमा प्रबेश गरेका छन्।
अन्य पाटीहरुले जनताको मर्म र भावना अनुसार काम गर्न सफल नभएको तथा ब्यक्तिगत स्वार्थमा लिप्त भएको उल्लेख गर्दै नेकपा एमालेमा प्रवेश गरेको वताईएको छ ।
प्रबेश हुनेहरुमा रुन्टीगढी २ का बम बहादुर पुन,शेर बहादुर पुन,खिम बहादुर पुन,छविलाल पुन,तिलक पुन , फाल बहादुर पुन,पुर्ण बहादुर पुन क ,पुर्ण बहादुर पुन ख,मानमती पुन,अरवीन पुन, मिलन पुन,रुपलाल पुन,नमकली पुन,गिता भण्डारी,युवराज पुन,बुद्ध बहादुर पुन, श्रीमते पुन,चित्र बहादुर पुन,यज्ञ बहादुर घर्ती लगाएत पाटीमा प्रवेश गरेको नेकपा एमालेले जनाएका छ ।
कार्यक्रममा नेकपा एमाले रोल्पा जिल्ला संगठन कमिटीका अध्यक्ष बालाराम बुढा, नेकपा एमाले रुन्टीगढी गाउँपालिकाका अध्यक्ष गोपाल डाँगी, सचिव गणेश गिरी लगायतको उपस्थिती रहेको वताइएको छ ।
कार्यक्रममा बोल्दै जिल्ला संगठन कमिटी का अध्यक्ष बुढाले देश र जनताको सेवा गर्ने एक मात्र पाटी नेकपा एमाले भएको उल्लेख गर्दै सम्पुर्ण आ नागरिकहरु नेकपा एमालेमा लामवद्ध भई समाजसेवामा लिप्त हुन सम्पुर्णमा आग्रह गर्नुभएको बताईको छ ।