✎ चेतमान बाँठा२२ माघ ०७८ ।। प्रेस चौतारी रोल्पाले जुममार्फत २४औ स्थापना दिवसको शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल मा तेस्रो कोरोना भाइरस फैलिरहेको हुदा जुममार्फत आयोजित कार्यक्रम गरेको हो । जस्मा प्रमुख अतिथी इश्वरी जिएम पार्टी केन्द्रीय सदस्य तथा रोल्पा जिल्ला सह- इन्चार्ज, विशिष्ट अतिथी माधब नेपाल बरिष्ठ उपाध्यक्ष प्रेस चौतारी, डिएस डाँगि प्रदेश सदस्य , जीवन डागी पुर्ब अध्यक्ष, टीका बस्नेत केन्द्रीय सदस्य, र सरोज सुवेदी पुर्ब अध्यक्ष को आतिथ्या रहेको थियो । कार्यक्रम का प्रमुख अतिथी समेत रहेका पार्टी केन्द्रीय सदस्य तथा रोल्पा जिल्ला सह- इन्चार्ज इश्वरी जिएम ले प्रेस चाैतारी नेपालकाे २४ अाैँ स्थापना दिवस अबसरमा संगठनमा २०६६ देखि २०६९ सम्म राेल्पा शाखा अध्यक्ष भएर तथा चाैतारी केन्द्रले स्थापना गरेकाे स्वा. डेकेन्द्रराज थापा पर्ती सर्दान्जली व्यक्त गर्दै, प्रेस स्वतन्त्रताकाे सवालमा प्रेस चाैतारीले अग्रणि भुमिका खेलिरहाेस् । भन्दै स्थापना दिवसकाे शुभकामना व्यक्त गर्नु भयो । त्यस्तै कार्यक्रम का बिशिष्ठ अतिथी समेत रहेका वरिष्ठ उपाध्यक्ष माधब नेपालले सुर्यमा भोट राख्ने प्रेस चौतारी, रुखमा भोट राख्ने प्रेस युनियन र हसिया भोट राख्ने प्रेस सेन्टर नभएर हामी फरक भएर अगाडि बढने र अगाडि बढ्न सबै मा अनुरोध गर्दै हामी चाहिँ फरक हिसाब ले अगाडि बढ्नु पर्छ भन्दै सुभकामना व्यक्त गर्नु भयो । कार्यक्रम को स्वागत मन्तव्य प्रदेश सदस्य डिएस डागी बाट सुरु भएको कार्यक्रम को सहजीकरण प्रस चौतारी का अध्यक्ष तिलक घर्ती मगर ले गर्नु भएको थियो ।।
प्रेस चौतारी रोल्पाले जुममार्फत २४औ स्थापना दिवस शुभकामना आदनप्रदान ।।
21:49