Type Here to Get Search Results !

रुन्टिगढी गाउँपालिकाको आयोजनामा च्याउ उत्पादन सम्बन्धि तालीम सुरु ।।

✎  होलेरी न्यूज डटकम
होलेरी रोल्पा २७ माघ ०७८,, रुन्टिगढी गाउँपालिका कृषि शाखा को आयोजना मा रोल्पा को होलेरी मा च्याउ उत्पादन सम्बन्धि २ दिने तालीम को सुरुवात भयको छ।
स्थानीय किसान हरु ले च्याउ उत्पादन गरि आत्म निर्भर बन्ने उद्देश्यको साथमा तालिम सुरु गरिएको कृषि अधिकृत कल्पना पोख्रेल ले बताउनु भएको छ। रुन्टिगढी गाउँपालिकाका उपाध्यक्ष छमाया पुन को सभाध्यक्षमा सम्पन्न भएको कार्यक्रम को प्रमुख अतिथिमा रुन्टिगढी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय सानुबाबु खड्का ,नाप्रास लक्ष्मि बुढा लगायत स्थानीय किसान हरुको उपस्थिति रहेको थियो।। कार्यक्रम मा बोल्दै निमित्त प्रमुख प्रशासकीय सानुबाबु खड्का ले च्याउ उत्पादन गर्न थोरै समय लाग्ने र खर्च पनि थोरै लाग्ने भएकोले तालिमपछि सिकेको सिपलाइ व्यबहारमा लागू गरि आत्मनिर्भर बन्नको लागि आग्रह गर्नुभयो ।।कार्यक्रम को समापन गर्दै उपाध्यक्ष पुनले किसान हरु तालिमपछि सिकेको सिपलाइ व्यबहारमा लागू गरि आत्मनिर्भर बनेको हेर्ने चाहाना भएको उल्लेख गर्नुभयको थियो।।।