Type Here to Get Search Results !

वृद्धहरुको महलम बन्ने पाटी नेकपा एमाले मात्रै हो, नेता दशौदी

होलेरी रोल्पा फाल्गुन १६ नेकपा एमाले का केन्द्रिय सदस्य कुमार दशौदीले वृद्धहरुको महलम बन्ने एक मात्र पाटी नेकपा एमाले भएको बताउनु भएको छ । रोल्पाको गंगादेव गाँउपालिकाको पाटी प्रशिक्षण कार्यक्रममा बोल्दै नेता दशौदी ले यस्तो कुरा बताउनु भएको हो । पाटी प्रशिक्षण कार्यक्रममा बोल्दै वि.स. २०५१ सालमा मनमोहन अधिकारीको पालामा १०० रुपैया बाट सुरु गरिएको बृद्धभत्ता अहिले ४००० रुपैया पुगेको उल्लेख गर्दै गरिव तथा दुखी जनताको मलहम बन्ने काम नेकपा एमाले मात्रै भएको र जनताको म्यान्डेट अनुसार काम गर्ने पाटी पनि एमालसे भएको उल्लेख गर्नुभयो। कार्यक्रममा नेकपा एमाले गंगादेव गाउँपालिकाका अध्यक्ष रोशन कुमार वली को सभाध्यक्षमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथीमा नेकपा एमाले का केन्द्रिय सदस्य कुमार दशौदी ,नेकपा एमाले रोल्पा जिल्ला का अध्यक्ष बालाराम बुढा, नेकपा एमाले लुम्विनी प्रदेश सदस्य अमराज घर्ती, लगायत जिल्ला तथा पालिकाका पदाधिकारीहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको बताइएको छ । कार्यक्रममा नेकपा माओवादी केन्द्र परित्याग गर्दै नेकपा एमालेमा बलिराम नगबग,तिलक डाँगी लगायत को टिम प्रबेश गरेको वताइएको छ । नेकपा एमाले रोल्पा जिल्ला संगठन कमिटीका अध्यक्ष बुढाले नव प्रबेशि कमरेड हरुलाई स्वागत गर्दै समाज परिवर्तनको लागी नेकपा एमालेमा लामवद्ध भई जनताको सेवा गर्न सम्पुर्ण आफ्ना कार्यकर्ताहरुलाई आग्रह गर्नु भएको थियो। मिश्री प्रसाद डाँगीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण नविन वलीले गर्नु भएको थियो।।