Type Here to Get Search Results !

रोल्पाको मुरुल्लेमा श्रीमदभागवत सप्ताह पितृमुक्ति धार्मिक एवं साँस्कृतिक महोत्सव सञ्चालन हुँदै

होलेरी रोल्पा फाल्गुन १० रोल्पाको मुरुल्लेमा श्रीमदभागवत सप्ताह पितृमुक्ति धार्मिक एवं साँस्कृतिक महोत्सव सञ्चालन हुने भएको छ । मुरुल्ले म्याग्जीनगढी पर्यटन विकास समितिको आयोजनामा सो महोत्सव सञ्चालन हुने भएको हो । रुन्टीगढी गाउँपालिका–६ मा रहेको मुरुल्ले लेकमा अवस्थित अर्धनारेश्वर धामको बृहत्तर विकासका लागि यही फागुनको १७ गतेदेखि २४ गतेसम्म होलेरीमा श्रीमद्भागवत पितृमुक्ति धार्मिक एवं साँस्कृतिक महोत्सव संचालन गर्न लागेको महोत्सवका संयोजक गोविन्द्र घर्तीले जानकारी दिनुभएको छ । मुरुल्ले लेक एक महत्वपूर्ण पर्यटन स्थलको रुपमा रहेको भएतापनि आर्थिक अभावकै कारणले गर्दा त्यसको विकास, संरक्षण तथा सम्बद्र्धनमा समस्या भएको हुँदा सो महत्सोवको आयोजना गरिएको संयोजक घर्तीले वताउनु भएको छ । महोत्सव यसअघि माघ ११ गतेदेखि १७ गतेसम्म लगाउने मिति तोकिएको भएतापनि विश्वव्यापी रुपमा फैलिएको ओमिक्रोन भाइरसका कारण स्थगित भएको थियो ।