चुनढुङ्गा उत्खनन रोक गर्न त्रिबेणि गाउपालिका वडा नं. ४ को बिरोध र्याली ।।
Radio Holeri FM18:32
✎ होलेरी न्युज डटकम
२६ माघ ०७८
त्रिबेणी गाउपालिका वडा नं. ४ सिम्पानिमा चुनढुङ्गा उत्खनन को बिरोध र्याली तथा कोण सभा कार्यक्रम सम्पन्न भएको छ ।
त्रिबेणी गाउपालिका वडा नं. ३ र ४ सिम्पानिमा स्वाथ्य वातावरण जीबित जीवन, रोकौं चुनढुङ्गा उत्खनन भन्ने मुल नारा साथ चुनढुङ्गा उत्खनन रोक्न गर्न सङघर्ष समितीले सिम्पानी को बजार क्षेत्रमा बृहत ¥याली सहित बिरोध जनाएको छ ।
सगरमाथा सिमेन्त उद्मोग प्राली दाङ गाकलीले स्थानीयको सहमती बिना अबैद रुपमा चुनढुङ्गा उत्खनन गर्दा स्थानीयले पुखौली देखि कृषि गर्दै आएको जमिन ह्रास हुने, बन जङगलको क्षेती हुदा प्राकृतिक शुन्दरतामा समेत असर पर्ने र निकट भबिष्यमा उत्खननको कारणले बाढी पहिरो, भूक्षय गैइ जनधनको ठुलो क्षेती हुने भएको हुने भन्दै स्थानीयले चुनढुङ्गा उत्खनन रोक गर्न मङलबार बिरोध गरेको स्थानीय बासिले बताएका छन, ।
बिरोध ¥यालीमका , दल कार्य बन्द गर , स्वाथ्य वातावरण जीवनको आधार हाम्रो अधिकार ,र स्वाक्ष्य वातावरणको संरक्षण गरौं आदि लगाएत नाराका साथ स्थानिहरुले ससक्त्त रुपमा बिरोध जनाएका थिए । नारा सहित बजार एंवम गाँउ परिक्रमा गरेका थिए । बिरोध कार्यक्रमा प्रमुख अतिथीमा नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य ओमराज घर्ति, कार्यक्रको सभा अध्याक्षमा सङ्घर्ष समिती का संयोजक प्रदिक कुमार राणा , बिशिष्ट अतिथीमा नेकपा समाजवादीका जिल्ला उपाध्यक्ष पबित्रा घर्ति, अतिथीहरुमा नेकपा एमालेकै जिल्ला सदस्य प्रबिन खड्का, राष्ट्रिय जनमोर्चा मा जिल्ला सचिब डम्बर खड्का नेकपा एमाले त्रिबेणी गाँउपालीका वडा न। ४ का अध्यक्ष मनबिर घर्ति, नेपाली कांग्रेसका त्रिबेणी गाँउपालीका वडा न। ४ का सभापति नबराज योगी, र नेपाल कम्युनिस्ट पर्टीका त्रिबेणी गाँउपालीका सेक्रेटरी गोबिनद पुन भावुक, हरि भन्डारी पुर्ब सभापती त्रिबेणि गा. पा , स्थानीय बुद्धिजीवी र पिडित स्थानीय बासिहरुको सहभागिता रहेको थियो । बिरोध कार्यक्रमा बोल्ने बत्ताहरुले चुनढुङ्गा उत्खनन कार्यलाई तत्काल बन्द गर्न आग्रह गरेका थिए । यदि आफुहरुको माग सुनाइ नभएमा जस्तो खाल को कदम चल्न पनि पछि नपर्ने बताएका थिए । चुनढुङ्गा उत्खनन बाट पुर्णगाँउ, चकृ, वुढागाँउ, वास्थाना, मथुरापानि, ह्वाप, झेवाङ, छेप, मन्ज्याङ, राङवाङ, सिमपानी क्षेत्रमा सबै भन्दा ठुलो असर गरेको स्थानियको गुनासो छ । संघर्ष समितीका संयोजक प्रदिप रानाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण नेकपा एमाले जिल्ला सदस्य भुपेन्द्र बिरहि बुढा मगर गर्नु भएको थियो ।
।